गुर्जो खेती प्रविधि: जडीबुटी

विश्वभर कोरोना भाइरसको महामारीका बेला इम्युनिटी वृद्धिको सन्दर्भमा जडिबुटीको खोज र प्रयोग बढेको छ। नेपाल र भारतका आमसञ्चार माध्यममा हिजोआज व्यापक चर्चामा रहेको एउटा औषधीय वनस्पती हो गुर्जोको लहरा वा गुडुची।

आयुर्वेदले गुर्जोलाई रसायन वर्गमा राखेको भए पनि यो एउटा बहुगुणी वनस्पती हो। यसैलाई हिन्दीमा गिलोय र संस्कृतमा गुडुची (नसड्ने न नगल्ने अर्थमा) तथा अमृता वा अमृतावल्ली पनि भनिन्छ। तराई–मधेशतिर यसलाई गुरुजलत्ती भन्ने गरिन्छ। अंग्रेजीमा पनि यसलाई गुडुची नै भनिएको पाइन्छ। यसको ल्याटिन नाम टिनोस्पोरा कोर्डियोफोलिया हुन्छ।
परिचयः
गुर्जो उत्तर—पूर्वी भारत, श्रीलङ्का, म्यानमार , थाइल्याड ,भियतनाम। दक्षिणी चीन, मलेसिया लगायत नेपालमा पाइन्छ। नेपालमा यो ३००—५०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ।

यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ। यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ। यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्। पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० से.मी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।

उपयोगः

वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।
नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो । गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ ।साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महत्व रहेको आयुर्वेद चिकित्सक दाबी गर्छन्।

खेती विधिः
यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ। खासगरी गर्मी ठाउँहरूमा राम्ररी हुर्कन्छ।

वेर्ना तयार गर्नेः
हाँगाको कलमीबाटः डाँठका कलमीबाट नै यसका विरुवाहरू तयार गरिन्छन्। यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ। फागुन / चैत्रतिर यसरी हाँगाहरू काटेर अलिकति भाग जमीन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ। पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ। यसरी नर्सरीमा राखिएका विरुवाहरू असार श्रावणमा सार्न तयार हुन्छन्। यसका हाँगाहरू सोझै जमीनमा गाडेपनि हुन्छ, यसरी सार्दाको समय असार / श्रावण उचित समय मानिन्छ।

वीउबाटः यसको फलहरू असोज मंसीरमा पाक्दछन्। पाकेका राता फलहरू टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरू नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ। संकलन गरेको तत्कालै वीउ छरेपनि हुन्छ। अथवा संकलित वीउलाई राम्ररी भण्डारण गरेर फागुन / चैत्रतिर उमारेर पनि वेर्ना तयार गर्न सकिन्छ।

वेर्ना सार्नेः
नर्सरीमा तयार गरिएका वेर्नाहरूरुखहरूको फेदमा लगाइन्छ। किनकि यो रुखको सहारामा हुर्कने लहरेदार विरुवा हो।

हेर विचारः
लगाइएको पहिलो वर्षमा सिँचाई तथा झारपात उखेल्ने गर्नु पर्दछ भने पछिल्ला वर्षहरूमा त्यति हेर विचारको खाँचो पर्दैन।

वाली सङ्कलनः
यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरू काटिन्छ। लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरू वाली लिन योग्य हन्छन्। लहरालाई जमीनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ। यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरूलाई बीचैबाट ४ फ्याक हने गरि काटेर सुकाइन्छ। अथवा मुग्रोले थिचेर चेप्टो पारिन्छ। अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ। भण्डार गर्दा ओस आउन दिन हुँदैन।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Indra magar
Indra magar
4 years ago

Kati chaiyo gurja malai vannu jati vane pani upalada garauna sakxu maile

Tej acharya
Tej acharya
4 years ago
Reply to  Indra magar

Kathmandu ma garaunus na sir
9851094460

Biswa ghimire
Biswa ghimire
4 years ago

Kheti garera production pani vayo bikri kaha garne ho?