बागलुङमा शरीर जोडिएका पाडापाडी जन्मिए

बागलुङ। प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ ।

गलकोट नगरपालिका–७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका थिए ।

जन्मिँदा जीवितै रहे पनि केहीबेरमा पाडापाडी मरेको छिमेकी विष्णु थापाले बताए। अघिल्लो दिन राति ९ बजेदेखि भैँसीलाई व्यथा चले पनि सोमबार बिहान मात्र पाडापाडी निकालिएको उनको भनाइ छ ।

“भैँसीलाई ब्याउन गाह्रो भएपछि हामीलाई बोलाए, पाँच/सात जना युवा मिलेर बल्लबल्ल पाडापाडी तान्यौँ”, थापाले भने । नगरपालिकाको पशु सेवा शाखामा खबर गरे पनि वर्षाका कारण आउन नसक्ने बताएपछि बलपूर्वक तानेर पाडापाडी निकाल्नुपरेको उनको भनाइ छ ।

भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको पहिलोपटक देखेको थापाले बताए। दुई घण्टा लगाएर युवाहरुले जेनतेन पाडापाडी तानेका थिए । पाडापाडीको टाउको, खुट्टालगायत अङ्ग छुट्टाछुट्टै भए पनि शरीरको पछाडिको भाग जोडिएको थियो ।

लिमी पाराकोटे जातको दोस्रो बेते उक्त भैँसीले एकसाथ पाडो र पाडी जन्माए पनि शरीर जोडिएका कारण बचाउन नसकिएको हो । ब्याएपछि भैँसी दिनभर बिरामी पर्यो । भकारोबाट उठ्नसमेत सकेको थिएन । सालनाल भने समयमै भएको थियो ।

भैँसीले मङ्गलबार बिहानबाट घाँसापानी खान थालेको र दूध पनि दिएको किसान भविन्द्रबहादुरले बताए । गुनी भैँसी ब्याउन नसकेर थलिएपछि उनलाई पिरलो थपिएको थियो । शरीर जोडिएका पाडपाडी जन्मिएपछि गाउँलेले अनौठो मानेका थिए । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments