दैलेखका ५४ कृषक पुरस्कृत

हिक्मतबहादुर नेपाली

दैलेख : दैलेखका पशुपालक कृषक, सहकारी, फर्म तथा कृषक समूहहरु पुरस्कृत भएका छन् । जिल्लामा पशु पालनको क्षेत्रमा नमुना कार्य गर्ने पशुपालक कृषक, सहकारी, फर्म र समुहहरु पुरस्कारबाट सम्मानित भएका हुन् ।

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट २० जना कृषकहरु सम्मानित भएका हुन् । ११ वटा स्थानीय तह रहेको दैलेखमा एउटा स्थानीय तहबाट एक महिला र एक पुरुष कृषक गरी २० जनालाई पुरस्कारबाट सम्मानित गरिएको हो । जिल्लाको एक स्थानीय तहले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारका लागि कृषक छनोट नगरेको बताइएको छ । स्थानीय तहहरुले छनोट गरेको कृषकहरुलाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त प्रमुख भिमबहादुर विष्टले बताए ।

त्यसैगरी व्यवसायिक कृषक प्रोत्साहन कार्यक्रम अन्तरगत ३० जना कृषकहरु सम्मानित भएका हुन् । भैंसी, कुखुरा र बाख्रा पालक कृषकहरुलाई सम्मानित गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जनाएको छ । जिल्लाको एक सहकारी र एक कृषक समूह पुरस्कृत भएका छन् । महाबु गाउँपालिका–५ को समाज विकास सहकारी र भैरबी गाउँपालिकाको मजुवा भैसी पालक कृषक समूह जिल्लाकै उत्कृष्ठ सहकारी तथा समूहको रुपमा सम्मानित भएका छन् ।

यस्तै समुन एग्रो फर्म र सिंह पशु पालन फर्म उत्कृष्ठ पशुपालक कृषकको रुपमा सम्मानित भएको छ। पुरस्कारका लागि स्थानीय तहहरुको समन्वयमा कृषकहरुको आवेदन माग गरेर स्थलगत अनुगमनसहित आवश्यक मुल्यांकनका आधारमा पुरस्कारका लागि छनोट गरी कृषकहरुलाई सम्मान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रशासन प्रमुख उदयबहादुर खड्काले बताए ।

पुरस्कार जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त प्रमुख भीमबहादुर विष्टले प्रदान गरेका थिए । पुरस्कृत भएपछि व्यवसायिक पशु पालनमा हौसला बढेको कृषकहरुले बताएका छन् ।अन्नपुर्ण पोस्टमा खबर छ

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments