मकै खेतिको इतिहास र मकैमा देखिने Xenia Effect
विश्वमा सर्बप्रथम अमेरिकी महादिपमा विभिन्न घासका वर्णशङ्कर जातको स्वरुपमा बिकास भएको पाईन्छ। मेक्सिकोमा बिकास भएको मकै युरोपेली देशहरुले युरोप ल्याइपुर्याए र बिस्तारै अन्य देशमा समेत बिस्तार भएको थियो। जस्तोसुकै भुभाग र हावापानीमा हुने मकै सबैमाझ लोकप्रिय भएको छ।
स्टार्चको मात्राको आधारमा मकैलाई विभिन्न उपप्रजातिमा बाडिएको छ। मकैको बोटको बिच भागमा जुङ्गा(रेसादार सिल्क)हुन्छन ,जुन ७ सेमि लामो हुन्छ भने बोटको टुप्पोमा भाले वा चमर हुन्छ जुन हुर्केपछी सुख्खा वातावरणमा परागकणहरु हावाले उडाएर पोथी भागसम्म लैजान्छ।
“मकैमा लाइसिन र ट्रिप्टोफेन पाइदैन साथै लिपिड ट्रान्सफर प्रोटिन नामको प्रोटिन पाईन्छ ,जुन पकाउदा नपाक्ने र मानव पाचन प्रणालीले पचाउन सक्दैन।”
ताजा कलिला मकै स्वास्थ्यको लागि फाइदाजनक हुन्छ, किन?
ताजा कलिला मकैमा प्रश्स्त भिटामिन पाइने हुनाले रगतभित्रको कोलेस्टेरोल कम पार्ने तथा अँाखा र छाला सुख्खा हुन दिदैन। कलिला मकैमा पाइने लिसिन क्यान्सर रोगबाट ग्रसित ब्यत्तिले खाने औषधिले स्वास्थ्यमा परेको नराम्रो असरलाई समेत नियन्त्रण गर्छ।
के हो मकैको Xenia Effect?
मकै भाले(धानचमरा)र पोथी(जुङ्गा) एउटै बोटमा भएको Monoecious बिरुवा हो। मकैको बिरुवामा एउटा जातको बिरुवाको पोथी भागमा अर्को बोटको भाले बोटबाट परागकण आई परागसेचन भएमा देखिने असरलाई नै Xenia Effect भनिन्छ।
छोटो दुरिमा दुई फरक जातका मकै लगाएको बेला तथा फुलफुल्ने समय एउटै भएमा Xenia Effect देखिन्छ।
लेखक:-प्रदिप भारति(माया कलेज अफ एग्रिकल्चर एन्ड टेक्नोलोजी देहरादुनमा स्नातकतह अध्ययनरत)