बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले बिना धितो कर्जा लगानी गर्दै

-रञ्जन यादव
बारा । बाराको निजगढस्थित बागदेव दुद्य उत्पादक सहकारी संस्थामा आबद्ध कृषकहरु बिना धितो पाँच करोड ८८ लाखसम्म ऋण पाउने भएका छन् ।

सहकारीले बिभिन्न बैंकहरुको सहकार्यमा सहुलीयत दरमा पशु ब्यवसाय कर्जा वापत आफ्ना सदस्यहरुको लागि ऋण प्रबाह गर्न लागेको हो ।

सहकारीले हिमालयन बंैक, सनराइज बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको निजगढ शाखासँगको सहकार्यमा बिना धितो दुद्यालु पशु खरिद गर्न गर्न ऋण प्रदान गर्ने जनाएको छ ।

सस्थाको १२ वटै दुग्ध सङ्कलन केन्द्रमा आबद्ध सदस्यहरुको पहिलो चरणमा २०० जना कृषकहरुको सिफारिस गरिएको बागदेव दुद्य उत्पादक सहकारी संस्थाले जनाएको छ ।

बिना धितो सहुलीयत ब्याज दरमा प्रत्येक कृषकलाई दुधालु पशु खरिद गर्न रु ५ करोड ८८ लाख ऋण प्रवाहका लागि दुई सय जनाको सिफारिस गरिएको संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिनुभयो ।

व्यवसायिक रुपमा पशुपालन गर्न चाहने सम्पुर्ण कृषक सदस्यहरुले यो सुबिधा पाउने अध्यक्ष सापकोटाले बताउनुभयो ।

संस्थाले महिलालाई ५ देखि ५.५ प्रतिशतमा र पुरुषलाई ५.५ प्रतिशतदेखि ६.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइरहेको बागदेव दुद्य उत्पादक सहकारी संस्थाका अध्यक्ष सापकोटाले बताउनुभयो ।

बागदेव दुद्य उत्पादक सहकारी संस्थामा एक हजार सात सय ९१ जना शेयर सदस्यहरु आबद्ध रहेका छन् । –रेडियो नेपाल

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments