गरिब लक्षित कार्यक्रम ल्याउँछौँ : कृषि मन्त्री अर्याल

स्याङ्जा। कृषि तथ पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सरकारले गरिब लक्षित कार्यक्रम ल्याउने बताउनुभएको छ । शुक्रबार वालिङमा अदुवा खेती पैँचो कार्यक्रमअन्तर्गत बीउ वितरण तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकार गरिब पहिचान गरी गरिब लक्षित कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभयो ।

पकेट क्षेत्र घोषणा गरी पशुपालन, तरकारी तथा फलफूल खेती, नगदे बाली लगाउन सकिने उहाँको भनाइ थियो । उद्यम गर्न चाहने जोकोहीलाई पनि सरकारले प्राविधिक सहयोगदेखि अन्य अनुदानका कार्यक्रम सञ्चालन गर्दै आइरहेको भन्दै व्यावसायिक खेती प्रणालीमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

विभिन्न स्थानमा सङ्कलन केन्द्र स्थापना गरी कृषकका कृषि उपजको बजारीकरणका लागि सरकारले समन्वय गर्ने बताउनुभयो । उहाँले पायक पर्ने स्थानमा सङ्कलन केन्द्रको स्थापना गरी कृषि उपजको बजारीकरणका लागि तीन तहका सरकार रहेको बताउनुभयो ।
सुरक्षित जनता आवास कार्यक्रमअन्तर्गत खरका छाना विस्थापित कार्यक्रमले जनता खुसी भएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षभित्र जिल्लामा कहीँ पनि खरका छाना नहुने दाबी गर्दै उहाँले भन्नुभयो, “अबको आर्थिक वर्षभित्र जिल्लालाई खरका छानामुक्त गराउनेछौँ । ”

उहाँले सरकारले नागरिकका आधारभूत आवश्यता परिपूर्तिका लागि प्रयासरत रहेको बताउनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत वालिङमा अदुवा, बेसार पैँचो कार्यक्रम सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments