असिना प्रभावित किसानद्वारा बैंकको ऋण तिर्ने म्याद थप्न माग

धनकुटा । छथरजोरपाटी गाउँपालिकाका असिनाप्रभावित किसानले बाली लगाउन बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने म्याद थपिदिन माग गरेका छन् ।

बैशाख २ र ३ गते परेको असिनाको कारण तरकारी बाली सखाप भएपछि उनीहरूले आफ्नो ऋणको भाका थपिदिन र ब्याजमा छुट दिन माग गरेका हुन् ।

असिनाले तरकारी बाली सखाप बनाउँदा आफूहरू मारमा परेको सिंधुवाका अगुवा कृषक मेघेन्द्र गुरुङ्ग बताउनुहुन्छ । ‘बैंकबाट ऋण लिएर लगाएको तरकारी बेचेर ऋण तिर्ने बेलामा असिनाले खसाप बनायो,’ उहाँले भन्नुभयो, ‘ऋण तिर्ने भाका र ब्याजमा छुट गरिदिए ठूलो राहत हुने थियो ।’

क्षतिको विवरण पेश गर्न गाउँपालिकाले किसानहरूलाई सूचना समेत जारी गरेको छ । प्रारम्भिक सर्वेक्षणमा १५ करोड रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाका कृषि शाखा प्रमुख मिलन कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments