कृषि क्षेत्रमा बजेट कम भएको गुनासो

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि तोकेको बजेट सिलिङ्गलाई लिएर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले संसदीय समिति सामु असन्तुष्टी पोखेको छ ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा मन्त्रालयका सचिवद्वय डा. योगेन्द्रकुमार कार्की र डा. पेमनारायण कँडेलले आगामी आर्थिक वर्षको बजेट सिलिङ्गलाई लिएर असन्तुष्टी व्यक्त गरेका हुन् । बैठकमा कृषि विकास सचिव डा. कार्कीले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रलाई छुट्याइएको बजेट सन्तोषजनक नरहको बताए । उनले आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले ३२ अर्ब रुपैयाँ मात्रै छुट्याएको बताए । जुन रकम चालु आर्थिक वर्षको तुलनामा करिब १५ प्रतिशत कम हो ।

सरकारले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा कुल ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । कृषि विकास सचिव डा. कार्कीले बजेट कम छुट्याइएको भएपनि तोकिएको सिलिङको आधारमा कार्यक्रम तयार भइरहेको बताए । उनले बजेटको सिलिङ कम भएकाले कार्यदल नै बनाएर उत्पादन नदिने कार्यक्रम आँखा चिम्लेर काटिदिन निर्देशन दिएको पनि बताए ।

बैठकमा पशुपन्छी विकास सचिव डा. कँडेलले सम्भावनाका साथै रोजगारीसमेत उल्लेख्य रुपमा भएको कृषि क्षेत्रमा राज्यको प्राथमिक्ता नदेखिएको बताए । उनले कृषि क्षेत्रमा राज्य प्राथमिकता नदेखिएको भन्ने बजेटको आकारले नै देखाएको भन्दै यस क्षेत्रमा प्राथमिकता दिएर अगाडी बढ्न आवश्यक रहेको बताए ।

बैठकमा समितिका सदस्यहरुले माछा मासुमा नेपाल आत्मनिर्भर रहेको भन्दै सरकारले घोषणा गर्दै हिँडे पनि छिमेकी मुलुक भारतबाट खुल्ला रुपमा आयात भइरहेको बताएका छन् । यस्तै, सांसदहरुले वर्षेनी मुलुकभित्र मलको अभाव हुँदा किसानलाई सधैँ समस्या हुने गरेको भएपनि सरकारले चासो नदेखाएको आरोप समेत लगाएका छन् । कारोबार दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments