धनकुटामा व्यावसायिक कफी खेती सुरू

धनकुटा : धनकुटाको पाख्रिबास नगरपालिकामा व्यावसायिक कफी खेती थालिएको छ । पाख्रिबास नगरपालिकाले आफ्नो नगरपालिका भित्रका किसानलाई व्यावसायिक कफी कफीतर्फ आकर्षित गर्न व्यावसायिक कफी खेती नै सुरु गरेको छ ।

पाख्रिबास नगरपालिकाले गत वर्ष कृषि अभियान्ता तथा विज्ञ जीवनकुमार राईको नेतृत्वमा कफीको सम्भाव्यता अध्ययन गरेर यो वर्षबाट कफी खेती सुरु गरेको हो ।

नगरपालिकाले यो बर्षबाट खेती बिस्तार गर्न १० लाख रुपैयाँ लागतमा ७ रोपनी क्षेत्रफलमा मुगास्थित राई गाउँमा कफीको नर्सरी सुरू गरेको छ । बाँझो र खाली रहेको जमिनलाई सदुपयोग गर्न र भइरहेको बसाई सराईलाई रोक्नुका किसानको आम्दानीसमेत बढाउन पाख्रिबास नगरपालिकाले कफी विकास योजनाअन्र्तगत काम थालेको पाख्रिबास नगरपालिका प्रमुख बीर्खबहादुर राईले बताए । ५ लाख कफीका विरुवा उत्पादन गर्ने लक्ष्यका साथ नगरको लगानीमा तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटाले यो वर्ष उत्पादन गरेको ५० हजार बिरुवा पाख्रिबासमा रोपिने छन् ।

यहाँ गरिएको सम्भाब्यता अध्ययनले कफी कफीका लागि उत्तम हावापानी भएकाले स्थानीय स्तरमै विरुवा उत्पादन गरेर कफी गर्न लागिएको कृषि अभियान्ता राईले बताए । पाख्रिबास नगरपालिका कफी कफीका लागि वातावरणीय हिसाबले उपयुक्त रहेको भन्दै कृषि अनुसन्धान केन्द्र पाख्रिबासले समेत लामो समयदेखि अनुसन्धान गरेर किसानलाई व्यावसायिक कफीतर्फ अकर्षित गरीएको हो । यहाँका किसानलाई कफी खेतीमा संलग्न गराउन सकिए स्थानीको आय आर्जन बढ्ने कृषि अनुसन्धान केन्द्र पाख्रिबासका प्रमुख डाक्टर गोविन्द तिम्सिनाले बताए ।

नगरपालिकाले किसानलाई व्यावसायिक बनाउन र कफी निर्यातलाई भरपर्दो बनाउन बाँझो र खाली रहेको जमिनको सदुपयोग गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments