पिँडालु खाँदा पुग्छ यस्तो फाइदै फाइदा, पिँडालु सेवन गर्दा अपनाउन पर्ने सावधानी

पिँडालु सहजै पाइने, स्वादिलो र धेरै तरिकाले स्वाद लिन सकिने तरकारी हो । यसलाई उसिनेर खान सकिन्छ, तरकारी बनाउन सकिन्छ, अचारको रुपमा स्वाद फेर्न सकिन्छ । पिँडालु फलहारको रुपमा पनि खाइन्छ । यसलाई आलुमा मिश्रण गरौं वा दालमा, स्वाद दुइगुणा बढ्छ । पिँडालु मात्र होइन, त्यसको डाँठ र पाँतको ( कर्कलो वा गाभा) समेत विभिन्न परिकार बन्छ ।

पिँडालु सेवन गर्दा हुने स्वास्थ्य लाभ

– पिसावमा हुने जलन कम गर्छ । पिँडालुको पातको दश ग्राम रस तीन चार दिनसम्म सेवन गर्नुपर्छ, तुरुन्तै फाइदा मिल्छ ।

– पिँडालुको पातलाई उमालेर त्यसलाई छान्ने । अतः उक्त रसमा थोरै घिउ मिलाएर केहि दिनसम्म सेवन गर्नुपर्छ, वायु सम्बन्धी रोग निको हुन्छ ।

– जसलाई मुटु सम्बन्धी रोग छ, उसले पिँडालुको सब्जी दिनमा पच्चिस ग्राम जति सेवन गर्नुपर्छ ।

-उच्च रक्तचापको रोगमा समेत पिँडालुको सब्जी लाभदायक हुन्छ । यसमा मिनरल्स, पोटाशियम र म्याग्नेसियम हुन्छ, जसले रक्त संचार नियमित राख्छ ।

– बच्चालाई दुध चुसाइरहेकी आमाले पिँडालुको सब्जी सेवन गर्नुपर्छ, दुध राम्ररी आउँछ ।

-सानोतिनो चोट पटकमा पिँडालुको पात पिसेर लगाउनुपर्छ, रगत बग्दैन ।

सावधानी

-काँचो अवस्थामा पिँडालु खानु हुँदैन, गलामा जलन हुनसक्छ ।

– दमको रोगीले पिँडालुको सब्जी खानु हुँदैन । खासगरी यसमो पातको सब्जी सेवन गर्दा त्यसले कफ बढाउँछ ।

– बाथ रोगीले पनि पिँडालु सेवन गर्नु ठीक हुन्छ ।

-घाँटीमा समस्या भएकाहरुले पिँडालु सेवन नगरेकै राम्रो ।

पिँडालुको पातको फाइदा

पिँडालुको पातमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जो आँखाको दृष्टिको लागि फाइदाजनक मानिन्छ । साथै मांशपेसीलाई बलियो पनि बनाउँछ । यसमा रहेको क्याल्सियमले हड्डी बलियो बनाउँछ ।

पिँडालुको पात सेवन गर्दा भोक नियन्त्रण हुन्छ । यसमा रहेको फाइबरले मोटाबोलिज्मलाई सक्रिय बनाउँछ, जसको कारण तौल नियन्त्रण गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments