कृषकलाई कुरिलाका विरुवा वितरण


कास्की :
कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृर्षिमा आत्मनिर्भर अभियानअन्र्तगत कृषकलाई कुरिलाका विरुवा वितरण गरेको छ ।

कोरोनाको कारण गाउँपालिकामा समेत निषेधाज्ञा जारी भएको अबस्थामा पनि आफुहरुले कृषि कर्मलाई निरन्तरता दिँदै पहिलो चरणमा १५ हजार वटा कुरिलाका विरूवा वितरण गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले बताए ।

उनका अनुसार मेरी वाशिंङ्टन जातका ३२ हजार वटा कुरिलाका विरूवा उत्पादन भए पनि बाँकी विरूवा पुनः वितरण गर्न सुरु गरीएको छ । गाउँपालिकाले कृषक, कृषि समुह, कृषि सहकारीहरुलाई १० देखि १ हजार वटा कुरिलाका विरूवा करिब ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । प्रति कुरिलाका विरूवाको मूल्य १० रुपैयाँमा गाँउपालिकाले उपलब्ध गराएको हो ।

स्थानीय एक नर्सरीमा उत्पादन भएका कुरिलाका विरूवा हाल लगाउने समय भएको र त्यसबाट प्रतिफल एक वर्षपछि हुने अध्यक्ष कुवँरले बताए । राम्रोसँग मलजल पु¥याएको खण्डमा प्रति कुरिलाको वोटले ८ देखि १२ केजीसम्म उत्पादन हुने उनले दावी गरे । बजारमा प्रतिकेजी कुरिलाको ८ सयदेखि १ हजार २ सय रूपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments