सुचिकरणबाट हटेको धानको बीउ चितवनमा बरामद

चितवन । नेपालमा सुचिकरणबाट हटाईएको ‘गोरखनाथ ५०१’ जातको धानको बीउ चितवनबाट बरामद गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनको समन्वयमा आज(मंगलबार) जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढबाट २ सय बोरा भन्दा बढी धानको बीउ बरामद गरेको हो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार, विराटनगरबाट चितवन हुँदै अन्य जिल्लामा बेच्न लैजाने क्रममा बीउ बरामद गरिएको हो ।

यो जातको बीउ भारतबाट नेपाल भित्रिएको अनुमान गरिएको छ । चितवनका विभिन्न एग्रोभेटहरुमा बीउ छाडेर बुटवल, दाङसम्म लैजान खोजिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका कृषि अधिकृत माधव पौडेलले जानकारी दिनुभयो । बरामद गरिएको धानको बीउ सहित ट्रक र चालक जिल्ला प्रशासन कार्यालयमा राखिएको छ ।

अनुसंन्धान जारी रहेकाले यस कार्यमा कति संलग्न छन् भन्ने विषय खुल्न सकेको छैन । राष्ट्रिय बीउ बिजन ऐन अनुसार, दोषि ठहरिएमा १० देखि २० हजारसम्म जरिवाना हुने व्यवस्था छ । गत बर्ष चितवनमा करिब ९ सय विघा भन्दा बढी क्षेत्रफलमा लगाईएको गरिमा धान नपसाएपछि ‘गोरखनाथ ५०१’ धानलाई पनि सुचिकरणबाट हटाईएको थियो । चितवनमा २९ हजार हेक्टरको हाराहारीमा बर्षे धान खेती हुने गर्दछ । – कालिका न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments