पछिल्लो समय अलैंची र जुटका सामानको निर्यात बढ्यो

काठमाडाैँः पछिल्लो समय अलैंची र जुटका सामानको निर्यात बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा स्वदेशमा उत्पादित अलैंची र जुटका करिब ६-६ अर्ब रुपैयाँ बराबरका सामान निर्यात भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकले देखाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा ती वस्तुको माग बढ्दै गएकाले निर्यातमा उल्लेख्य वृद्धि भएको पनि केन्द्रको आंकलन छ । केन्द्रका अनुसार मुलुकमा उत्पादन भएका वस्तुमध्ये सबैभन्दा धेरै अलैंची ५ अर्ब ९९ करोड ११ लाख ३८ हजार रुपैयाँ बराबरको ७५ लाख ५० हजार ३ सय ९७ केजी निर्यात भएको हो, जुन अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो अवधिमा ३ अर्ब ३४ करोड २९ लाख ६२ हजार रुपैयाँ बराबरको ४१ लाख ६१ हजार ९ सय ३ केजी निर्यात भएको थियो । अलैंची छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने गर्छ ।

यस्तै दोस्रोमा ५ अर्ब ९८ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको जुट र जुटका सामान निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष ४ अर्ब ६४ करोड ७३ लाख ४५ हजार रुपैयाँ जुटका सामान निर्यात भएको छ । व्यापार विज्ञ पुरुषोतम ओझाले स्वदेशी उत्पादनको निर्यात बढ्नु सकारात्मक भएको बताए । निर्यात बढाउनका लागि स्वदेशी वस्तुको उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments