वडामार्फत नि:शुल्क धानको बीउ वितरण

झापा । देशका थुप्रै किसानहरू यतिबेला उन्नत जातको धानको बीउ नपाएर हैरान भइरहेका छन् । कतिपय किसानले महंगो शुल्क तिरेर पनि आफूले चाहेको धानको बीउ समयमा खरीद गर्न नपाएकाे गुनासो गरिरहेका छन् ।

तर झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ का किसानहरूले भने आफूले चाहेको (कान्छी मन्सुली, राजा १२, समधान, बहुगुना २, रातो बासमती, कालो नुनिया) लगायतका धानको बीउ सहजरूपमै पाएकाे बताए छन् ।

विगतमा ठूलो समस्या ब्यहोरेका किसानले यसपालि वडामार्फत सहज रूपमा नि:शुल्क धानको बीउ पाएपछि आफूहरूलाई ठूलो राहत भएको उनीहरूले बताए ।

मेचीनगर ८ वडा कार्यालयले नि:शुल्क उन्नत जातको धानको बीउ वितरण गरेसँगै वडाका किसानहरूले सहजरूपमा आफूले चाहेको धानको बीउ पाएका हुन् ।

यतिबेला किसानहरूलाई धानको बीउ छर्ने चटारो छ । मानो रोपेर मुरी फलाउने समयमा मेचीनगर- ८ वडा कार्यालयले वडाका दुई सय बढी किसानलाई प्रति कठ्ठा दुई केजीका दरले आवश्यक जग्गा अनुसारको उन्नत जातको धानको बीउ वितरण गरेको वडाध्यक्ष विकेन्द्र धिमालले बताए ।

‘काेराेनाकाे महामारीले यतिबेला सबै व्यवसायलाई चौपट पारेको छ । अहिलेको विषम् परिस्थितिमा सबैभन्दा भरपर्दो पेशा भनेको कृषि नै बनेको छ,’ मेचीनगर- ८ का वडा सदस्य सन्तोष मेचेले भने, ‘त्यसैले हामीले आफ्ना वडाबासीलाई कृषिमा आत्मानिर्भर बनाउन उन्नत जातको धानको बीउ सबैको पहुचमा पुग्नेगरि वितरण गरेका हाैँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments