फैजी किराले मकै खेती नष्ट गरेपछि किसान चिन्तित

तेह्रथुम: तेह्रथुम जिल्लाको ग्रामीण क्षेत्रमा फैजी किराले मकै खेती नष्ट गरेपछि किसान चिन्तित बनेका छन् ।

अघिल्लो वर्षपनि फौजी किराको मारमा परेका किसानलाई यस वर्ष पनि सोही समस्याले सताएको छ यस वर्ष समयमै पानी परेकाले मकै राम्रो उत्पादन हुने आशा गरेपनि फौजी किराले बाली नष्ट गरेपछि निशास बनेको छथर गाउँपालिका ३ पञ्चकन्याका स्थानीय गीता थापा बताउँछिन् । अन्य आम्दानीको स्रोत नुहँदा अन्नबालीकै भरमा रहेका किसानलाई भने यो समस्या झनै ग्रसित बनाउने भएको छ । वन्यजन्तुको हैरानीका कारण आजित बन्दै आएका यहाँका स्थानीयलाई प्राकृतिक प्रकोपका कारण समस्या थपिँदै गएको छ ।

जिल्लाको लालिगुराँस नगरपालिका र छथर गाउँपालिकामा रोगको प्रकोपले मकैबालीमा क्षति गर्न थालेपछि स्थानीय सरकार नियन्त्रणको प्रयासमा जुट्न थालेको हो । मकैको पहिलो गोडाइकै समयमा किराले नष्ट गर्न थालेपछि खाद्यन्य संकट हुन सक्ने भएको किसानहरु बताउँछन् ।

लालिगुराँस नगरपालिकाले किसानलाई औषधी प्रदान गरेको नगरपालिका उपप्रमुख तिला पोखरेलले बताइन् । खेतीको सुरुमै किराको प्रकोप बढेसँगै ५० प्रतिशत अनुदानमा औषधी वितरण गरिएको छथर गाउँपालिका कृषि शाखाका प्रमुख हिमबहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments