कोरोनाले गाउँ फर्कायो : गाउँमै व्यवसायिक खेती गर्दै धादिङका युवा

धादिङ- कोरोनाको दोश्रो लहरका कारण समस्या उत्पन्न भएपछि धादिङका धेरै युवाहरु गाँउ केन्द्रित भएका छन ।

उनीहरु अब गाउँमा नै केही गर्ने सोचका साथ ब्यवसायिक रुपमा कृषि कर्म गर्न थालेका छन ।

यसले पछिल्लो समय बैदेशिक रोजगारीमा जाने र शहर केन्द्रीत हुने युवाहरु फेरि गाउँमा नै फर्केर केही बिकास होला की भन्ने आशा जगाइदिएको छ ।

निषेधाज्ञा लागु भएको एक महिना पुगि सकेको छ । ब्यापार ब्यवसाय ठप्प छ साहुहरुसँगको ऋण पनि तिर्न कठिनाइ भएको भन्दै अब कृषि कर्ममा लागेर उत्पादन गाँउमा नै विक्रि गरेर भएपनि समस्या टार्ने युवाहरु बताउँछन।

यसको लागि युवाहरुले ब्यवसायीक रुपमा अकवरे र ड्रागन फ्रुटको खेती सुरु गरेका हुन ।

विस्तारै कोरोना माहामारी कम हुदै गएपछि गाउँलाई नै कृषि पर्यटनको माध्यमबाट परिचित गराउने र ग्रामिण बस्तिमा बसोवास गर्ने स्थानीयहरुको आय आर्जन बृद्धिका लागि अभियान नै चलाउने योजना छ यी किसानहरुको ।

यसको लागि अहिले नीलकण्ठ नगरपालिकास्थित पात्लेका स्थानीयहरु पर्यटन प्रवर्धन गर्न सबैको घरमा होम स्टेलाई आवश्यक पर्ने पुर्वाधार विकासमा लागेका छन। यसो त स्थानीयहरुले गाँउलाई चिनाउनका लागि एक उत्पादनमा ध्यान दिई त्यसलाई बढावा दिन समेत थालेको छ ।

अब गाउँका युवाहरुलाई बैदेशीक रोजगारीमा मात्र होइन उच्च शिक्षा अध्यान सकिएपछि गाउँ केन्द्रित गर्ने पनि यहाँका स्थानीयहरुकोे लक्ष्य रहेको छ ।

यसो गरेको खण्डमा गाउँको विकास हुने र गाउँको विकास भए देशकै आर्थिक अबस्था मजवुद बनाउन सकिने दावी उनीहरुको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments