तनहुँका किसानका तरकारी बारीमै कुहिन थाले

तनहुँ । तनहुँको बन्दिपुर याम्पाफाँँटका कृषक तरकारी बिक्री नभएपछि चिन्तित बनेका छन् । ऋण लिएर तरकारी खेती गरेका उनीहरु बारीमा लगाएको तरकारीले बजार नपाएपछि निराश भएका शुन् ।

यतिबेला याम्पाफाँँटका कृषकले बारीमा लगाएको तरकारी बारीमै कुहिने हो की भन्ने चिन्ताले पिरोलिएका छन् । लकडाउनका कारण व्यापारी खरिदका लागि नआएपछि उनीहरुले लगाएको तरकारी बारीमै कुहिने भयो भन्ने चिन्ताले उनीहरु पिरोलिएका हुन् ।

बारीभरी केरेला, घिरौंला, लौका, गोलभेडा, बोडी, फर्सीलगायतका तरकारी लटरम्म फलेका छन् । तर, लकडाउनका कारण बजार बन्द हुँदा बिक्री हुन सकेको छैन ।

आएका केही व्यापारीले पनि उचित मुल्य नदिँदा कृषक मारमा परेका छन् । कृषकले बजार भाउ नपाएपनि बिक्रेताल भने महङ्गोमा बिक्री गर्ने गरेका छन् । उनीहरुले दश रुपैयाँमा खरिद गरेर चालिस देखि पचास रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।

रीता नेपालकोे बारीमा पनि लटरम्म खुर्सानी फलेको देखिन्छ । तर, बजार भाउ नपाउँदा उनले लगाएको खोर्सानीसमेत बारीमै खेर जाने भएको छ ।

बजारमा एक सय रुपैयाँ केजी बिक्री गर्दै आएको खुर्सानी लकडाउन पछि भने पचास रुपैयाँमासमेत बिक्रि हुन सकेको छैन् ।

लकडाउनले गर्दा कृषकहरु मर्कामा परेकोे उद्योग बाणिज्य संघ बिमलनगर बजार इकाइका अध्यक्ष बरुण भटराईले बताउनुभयो । लगानी समेत नउठेकोले कृषक मर्कामा परेको तर, यस्तो अवस्थमासमेत कृषकहरुलाई सहयोग गर्न नसकेको उहाँको भनाई छ ।

बजारमा तरकारीका अभाव भए पनि लकडाउनले गर्दा उत्पादित तरकारी बजारसम्म पुर्याउन नसकेको कृषकहरुको गुनासो छ । बिहानबेलुकी नभनी गरेको मेहनत खेर जाने भउपछि उनीहरु चिन्तित भएका हुन् ।

यहाँका कृषकले एक रोपनी देखि ५ रोपनीमा फलफुल तथा तरकारी खेती गर्दै आएका छन् । कृषिजन्य बाली लगाएतापनि लकडाउनका कारण उनीहरु समस्यामा परेका हुन् ।

गाउँ भरि नै तरकारी फलेको छ तर स्थानीय बजार अभावमा उनीहरु मारमा परेका हुन् ।

याम्पाफाँटबाट उत्पादन हुने तरकारीहरु डुम्रे, दमौली तथा पोखराका बजारमा बिक्रि हुने गरेको थियो । याम्पाफाट्का प्रत्येक घरपरिवारले तरकारी खेती गर्दैै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments