किसानलाई अनुदानमा जैविक मल,थ्रेसर लगायतका कृषि सामग्री वितरण

जुम्ला : तातोपानी गाउँपालिकाका मार्सी धान रोप्ने किसानलाई अनुदानमा जैविक मल, औजार, थ्रेसर लगायतका कृषि सामग्री वितरण गरिएको छ ।
एक स्थानीय तह एक बाली उत्पादन विशेष साझेदारी कार्यक्रम अन्तरर्गत तातोपानीमा धान ब्लक कार्यक्रम सञ्चालित छ ।

धानको उत्पादकत्व वृद्धि गर्न किसानलाई १८ लाख बराबको आवश्यक तालिमसहित कृषि सामग्री वितरण गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने बताए ।

जिल्ला कृषि विकास कार्यालयको ७५ प्रतिशत र पालिकाको २५ प्रतिशत लगानीमा किसानलाई कृषि सामग्री अनुदानमा दिइएको हो ।

सीप र प्रविधिसहित गरी १८ लाख बराबरको लगानीमा धान ब्लक कार्यक्रम तातोपानीमा सञ्चालन भएको छ । १८ लाख मध्ये १० लाख बराबरको सामग्री खरिद भएको छ ।

प्रत्यक स्थानीय तहलाई कृषि ब्लक कार्यक्रम सञ्चालनकका लागि प्रति पालिका १४ लाख ४० हजारका दले कृषि विकास कार्यालयले बजेट दिएको छ । स्थानीय तहले ४ लाख ३२ हजार आफ्नो लगानी गरेका छन् । चालु आर्थिक वर्षमा १ करोड २० लाख लगानीमा जुम्लाका आठै स्थानीय तहमा विभिन्न कृषि ब्लक कार्यक्रम सञ्चालन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments