नश्ल सुधार र खोर व्यवस्थापन कार्यक्रम, २५ जना किसानलाई उन्नत बाख्रा विवतरण

सल्यान : सल्यानको कपुरकोटमा समुहमा आवद्ध भएका १० जना किसानको खोर सुधार गरिएको छ भने २५ जना किसानलाई उन्नत बाख्रा विवतरण गरिएको छ । किसानको समेत साझेदारी रहने गरी खोर सुधार, उन्नत बाख्रा र औषधि वितरण गरिएको हो ।

कपुरकोट ३ मा रहेको जागृत मिश्रित बाख्रापालन समितिमा आवद्ध २५ जना किसानलाई कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जमुनापारी जातका बोका वितरण गरेका थिए ।

यस्तै १० वटा बाख्राको खोर सुधार कार्यक्रम पनि सम्पन्न गरिएको कपुरकोट गाउँपालिकाको पशुपन्छी विकास इकाइले जनाएको छ । परम्परागत तरिकाको बाख्राको खोरमा चिसो, घाम, वर्षा, छाँया, हावा, प्रकाशको समुचित व्यस्थापन नहुने र यसले बाख्राको उत्पादन घट्नुका साथै रोग व्याधिबाट समेत ग्रसित हुने भएकाले खोर सुधार गरिएको पशुपन्छी विकास इकाई प्रमुख अरुणा भण्डारीले जानकारी दिइन् । यस्तै १ लाख रुपैयाँ बराबरको औषधि पनि वितरण गरिएको उनको भनाइ छ ।

किसानको पनि ५० प्रतिशत लागत सहभागिता हुने गरी कपुरकोट गाउँपालिकाले जागृत मिश्रित बाख्रापालन समितिमा २० लाख रुपैयाँ बराबरको नश्ल सुधार, खोर सुधार र औषधि वितरण कार्यक्रम सञ्चालन गरेको हो । जमुनापारी जातका बोका खरिदका लागि १० लाख रुपैयाँ, खोर सुधारमा ८ लाख, औषधि खरिद, ढुवानी तथा प्रशासनिकतर्फ २ लाख रुपैयाँ लगानि गरिएको गाउँपालिकाले जनाएको छ ।

दिगो कृषि तथा कृषक पेशालाई मर्यादित बनाउनका लागि कृषि क्षेत्रमा उचित रकम विनियोजन गरी कृषकहरूको आम्दानी बढाउन हरेक वर्ष किसानलाई अनुदानसँगै विभिन्न कार्यक्रम र योजनाहरु सञ्चालन गरेको गाउँपालिका अध्यक्ष सेनले बताए । विगतमा वास्तविक किसानभन्दा गैरकिसानले कागजी रूपमा अनुदान रकम निकासा गरेर दुरुपयोग गर्ने गरेको देखिएको भन्दै जनप्रतिनिधि आएसँगै वास्तविक किसानले लाभ प्राप्त गर्ने खालका कार्यक्रम सञ्चालन गरिएको उनले दावी गरे ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले व्यावसायिक कृषकलाई उत्पादनमुखी बनाउने, निर्वाहमुखी पशुपालनलाई व्यावसायिक बनाउने र व्यावसायिक कृषकलाई व्यवसायको भार कम गर्ने उद्देश्यसहित गाउँपालिकाले कार्यक्रमहरु ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments