गोलभेडाले बजार पाएन

गोठडाँडा (उदयपुर) — सडक जीर्ण भएर बजार पुग्न नपाउँदा कटारी नगरपालिका ११ गोठडाँडाका किसानले उत्पादन गरेको बेमौसमी जैविक गोलभेडा (अर्गानिक टमाटर) गाउँमै थन्किएको छ ।
लामो समय भण्डार गरेर राख्न नसकिने भएकाले उत्पादन बिग्रन थालेको किसानले बताएका छन् । कतिपय किसानको उत्पादन बारीमै कुहिन थालेको छ ।

गोठडाँडामा दैनिक ४ सय किलो टमाटर उत्पादन हुने गरेको छ । सिद्धिचरण लोकमार्गको सडक जीर्ण हुँदा सवारी आवागनमा समस्या भएकाले किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन नसकिएको हो । कटारी र घुर्मीको मध्यभाग अवस्थित गहुँबारी नजिकै रहेको गोठडाँडा टमाटरका लागि पकेट क्षेत्र मानिन्छ ।
यहाँका किसानले पछिल्लो समय टमटरलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । झन्डै १० वर्षयता किसान टमाटर खेती गर्दै आएका थिए । तर व्यावसायिक रूपमा खेती गर्न भने यसै वर्षदेखि सुरु गरेका हुन् । नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरेकाले किसान तरकारी खेतीमा लागेका हुन् ।

गोठडाँडाका ४० किसानले ७३ टनेलमा टमटर खेती गरेका छन् । २ महिनायता आफ्नो उत्पादन बजार पठाउन थालेका किसानले दैनिक प्रतिक्रेट २० किलोग्रामका दरले २२ क्रेट टमाटर उत्पादन गर्ने गरेको नगरपालिककी कृषि प्राविधिक मिना राउनले बताइन् ।

‘किसानले दैनिक ४ सय किलोग्राम टमटर उत्पादन गरिरहेका छन्,’ प्राविधिक राउतले भनिन्, ‘तर बजार अभावमा बोटमै कृहिने अवस्थामा भएको छ ।’ सडकको दुरावस्थाका कारण टमाटर बजार पुर्‍याउन र खरिद गर्ने व्यापारी गाउँमा नआउँदा समस्या भएको उनले सुनाइन् ।

तरकारी घुर्मी बजारसम्म पुर्‍याउन समस्या रहेको राउतले बताइन् । ‘घुर्मी पुर्‍याउन सकेमात्रै गोठडाँडाको टमाटार सजिलै काठमाडौं पुग्छ,’ उनले भनिन् । किसानले टमाटरसँगै काउली, बन्दा र क्राँका उत्पादन गर्दै आएको स्थानीय अगुवा किसान उद्धव राउतले बताए । ‘उत्पादन गर्न समस्या छैन, किसानसँग सीप र जाँगर दुवै छ,’ उनले भने, ‘तर बजार पुर्‍याउन सकिँदैन, बाटोका करण व्यापारी आउँदैनन्, किसान आफैं बजारसम्म पुर्‍याउन सक्दैनन् ।’

नगरपालिकाले तरकारी खेती गर्ने किसानका लागि सहयोग गरिरहेको वडा ११ का वडाध्यक्ष दिपक बुढाथोकीले बताए । ‘कृषि कर्म गर्ने किसानका लागि नगरपालिकाले विशेष योजना बनाएर सहयोग गरिरहेको छ,’ वडाध्यक्ष बुढाथोकीले भने, ‘तर किसानले उत्पादन गर्ने वस्तुलाई बजार पुयाउन सडक नै बाधक भएको छ ।’

नगरपालिकाले बार्हैमास तरकारी खेती हुने क्षेत्रका किसानलाई तकारी खेतीमा प्रोत्साहन गर्ने नीति लिएको प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘नगरपालिकाको माथिल्लो क्षेत्र विशेष गरेर ८ र ११ वडाका अधिकार क्षेत्रमा टमाटर, काउली, बन्दा, सिमी लगायतका तरकारी उत्पादन हुन्छ ।’ त्यसैले त्यस क्षेत्रका किसानलाई तरकारी खेतीबाटै आर्थिक उन्नतिका लागि नगरपालिकाले किार्यक्रम राखेर सहयोग गर्ने गरेको उनले बताए ।

www.kantipurdaily.com

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments