बजारभन्दा खाद्यको चामल महँगो

बझाङ : खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । बजारभन्दा खाद्यको चामल रु तीन महँगो भएको गुनासो आउन थालेको छ ।

खाद्यले बिक्री गर्ने चामलको प्रतिकेजी रु तीनको फरक परेपछि संस्थानको चामल नबिकेको जयपृथ्वी नगरपालिका– ११ भोपुरका सुरेन्द्र जोशीले बताउनुभयो । मूल्य घटाउन केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य घटाउनेतर्फ ध्यान नदिँदा उक्त चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको जिल्लास्थित खाद्यका शाखा प्रमुख ईश्वरीदत्त पाण्डेले बताउनुभयो ।

पाण्डेले भन्नुभयो, “सरकारी कार्यालयले कोरोना महामारीमा राहत वितरण गर्ने बेला त लिएनन्, आजभोलिको त कुरै छोडाँै, सरकारी कार्यालयका नाममा कारागारबाहेक अरु कुनैले पनि चामल लिदैनन् ।” खाद्यको कार्यालयमा पुग्नका लागि यातायातको पहुँच पनि छैन । खाद्यको शाखा कार्यालय देवलबाट गत आवमा १५३ क्विन्टल चामल मात्र बिक्री भएको छ । जिल्लामा शाखा कार्यालय र तीन डिपो गरी चार बिक्री केन्द्रमध्ये सबैभन्दा बढी साइपाल गाउँपालिकाको काँडा डिपोबाट वर्षेनी चार हजार क्विन्टल चामल बिक्री हुने गरेको छ ।

बजारमा पाइने चामलभन्दा डिपोमा पाइने चामलमा मूल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै ग्राहाक जाने गरेका पाइएको छ । शाखा कार्यालय, डिपो कार्यालय बिसौना र तलकोटबाट प्रतिकिलो रु ४५ र काँडा डिपोबाट प्रतिकिलो रु ५० मा अरुवा मोटो चामल बिक्री हुँदै आएको छ ।

यही चामल बजारमा प्रतिकिलो रु ४२ मा बिक्री हुने गरेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष दानबहादुर सुर्मेलीले बताउनुभयो । संस्थानको चामलको मूल्य महँगो भएको जनगुनासो आए पनि खाद्यका प्रमुख पाण्डेले केन्द्रबाटै निर्धारण भएर आएकाले मूल्य केन्द्रबाट परिपत्र नआउँदासम्म शाखाले घटबढ गर्न नसकिने बताउनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments