सुनसरीमा बाँदर आतंक : स्थानीयवासी बाँदर आतंकबाट आजित

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिकाका बासिन्दा बाँदरको उपद्रोले आजित भएका छन् । गाउँपालिकास्थित दक्षिणी बस्तीका बासिन्दाहरु दुई वर्षयता बाँदरबाट त्रस्त र आजित भएका हुन् । खेतबारीमा लगाइएका बालीनाली बाँदरले नाष्ट गर्नुकासाथैै भान्सा कोठा भित्रका खानेकुरा समेत खाईदिने तथा मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी बाँदर आतंकबाट त्रसित बनेका हुन् ।

देवानगञ्ज गाउँपालिकाको वडा ४ दक्षिणीबस्ती कप्तानगञ्जमा प्रवाशी बाँदरहरुले स्थायी आवासको रुपमा उक्त क्षेत्रलाई प्रयोग गर्न थमालेपछि स्थानीयवासीलाई सास्ती भएको हो । दुई वर्षअघि झन्डै २ सयको संख्यामा गाउँ भित्रिएको बाँदरहरुले सागसब्जी र अन्नबाली खाईदिने तथा खेदाउने क्रममा मानिसहरुलाई समेत आक्रमण गरेर घाईते बनाउन थालेको स्थानीय सुरेन्द्र मेहताले बताउनुभयो ।

मेहताले भन्नुभयो, “दुई वर्षअघि गाउँ प्रवेश गरेका बाँदरहरुले कप्ताागञ्जको शंकरपुरमा रहेको बाँसघारीलाई स्थायी आवासकोरुपमा प्रयोेग गरिरहेका छन्, रातको समयमा शंकरपुरको यो बाँसघारीमा बस्ने बाँदरहरुले दिनभर समूहमा निस्किएर देवागञ्जका विभिन्न बस्तीका किसानहरुको खेत तथा घरमा पसेर उपद्रो मच्चाउँछन्, अन्नबाली तथा शब्जी खाने मात्र होइन, जरा नै उखेलेर फालिदिन्छन् ।”

बाँदरले यतिबेला खेतमा लगाइएका बालीहरु मात्र नष्ट गरेका छैनन्, स्थानीयको भान्सामा पसेर पकाइएका खानेकुराहरु समेत खाइदिने र आक्रमण गर्ने गरेको कप्तानगञ्जका ७० वर्षीय मुंगालाल मेहताले बताउनुभयो । आँगनमा सुकाइएका लसगाफाटो च्यातिदिने र मानिसहरुलाई चिथोरेर घाईते बताउने समेत गरेको उहाँले बताउनुभयो ।
स्थानीय मेहताले भन्नुभयो, “बाँदरले खेतबारीमा लगाइएको बालीनाली नष्ट मात्र गरेको छैन, भान्सामा पसेर पकाएको खानेकुरा खाने, आँगनमा सुकाएको कपाडाहरु च्यातिदिने र मानिसहरुलाई चिथोर्नै समेत गरेको छ, म पनि एकपटक बाँदरले चिथोरेर घाईते भएको छु ।”

उपद्रो बढदै गएपछि बाँदर धपाउन स्थानीयले गरेका अनेकौँ प्रयास असफल भइरहेको बरु उल्टै बाँदरले आक्रमण गरेर घाइते भएको स्थानीय रमेश मेताले बताउनुभयो । गुलेली हान्ने र टिन ठटाउने लगायतका अनेक उपाय अपनाएपनि बाँदरको समूह अगाडी आफ्नो केही नलागेको उहाँले बताउनुभयो । यस विषयमा गाउँलेहरुले स्थानीय प्रशासन र गाउँपालिकालाई हारगुहार गरेपनि समस्या समाधानमा कुनै निकायले चासो नदिएको मेहताले गुनासो गर्नुभयो ।

प्रशासनबाट पनिचासो नदिएकोले स्थानीयहरु आफैँ मिलेर बाँदरलाई अल्मल्याउन भन्दै बाँदरको बासस्थान बाँसघारीमैं काँचो शब्जी,चिजबल र भुजा लगेर छरिदिने गरेको स्थानीयहरुले बताए । देवानगञ्जवासीलाई बाँदरको आतंकबाट मुक्ति दिलाउन स्थानीय प्रशासन र गाउँपालिकाले ठोस कदम नचालेको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments