मेलम्चीको भीषण बाढीले ११ घर, एक पक्की पुल र एक झोलुङ्गे पुल बगायो

सिन्धुपाल्चोक: शनिबार रातिबाट मेलम्ची नदीमा आएको बाढीले हेलम्बुका ११ वटा घर बगाएको छ ।
बाढीले नदी आसपास रहेका ४ पक्की घर र ६ कच्ची घर बगाएको हो ।

हेलम्बु २ किउलका ४ घर गैरीबेसीमा १ घर, ग्याल्थुममा १ घर, चनौटेका १, चिउरीखर्कमा ३ घर र ढुंगे बजारमा १ घर गरी १० घर बाढीले बगाएको हो ।

बाढीले हेलम्बु गाउापालिका वडा नम्बर ३ र ४ जोड्ने झोलुङ्गे पुल बगाएको छ । यस्तै रातो पक्की पुल पनि बाढीले बगाएको स्थानीय शिव देउजाले जानकारी दिनुभयो ।

त्यस्तै क्युलमा रहेको पाल्चोकी माई फर्निचर उद्योग पनि बाढीले बगाएको छ । मेलम्ची खोलाले बगाई लगेको । त्यस्तै रेडियो मेलम्चीको भवन पनि बाढीले बगाएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments