निम्न वर्गका बासिन्दाका लागि आयआर्जनको माध्यम निगुरो

मोरङ : जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका बासिन्दाका लागि आयआर्जनको माध्यम बन्ने गरेको छ । मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका बासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै दैनिकी जचाउँदै आएक छन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डूम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ ।

मोरङको उत्तरीक्षेत्रमा अवस्थित यो चारकोसे झाडीमा प्राकृतिक रुपमा उम्रिने निगुरो यसक्षेत्रका निम्न वर्गका मानिसहरुका लागि आयस्रोतको बन्ने गरेको छ । निम्न आयश्रोत भएका सर्वसाधारण दिनहुँ यो जंगलमा निगुरो टिप्न प्रवेश गर्छन । उर्लाबारीको उत्तरी वडाका साथै मिक्लाजुङसहित अन्य गाउँपालिका सर्वसाधारण समेत यहाँ निगुरो संकलन गर्न आउँछन् ।

जंगलबाट संकलन गरिने निगुरो अधिकांश रुपमा गाउँघरमै खपत हुने गरेको छ भने पूर्वपश्चिम महेन्द्र राजमार्गको सडक किनार यसको मुख्य बिक्री स्थल हो । राजमार्गको यात्रा गर्ने अधिकांश यात्रीहरुले मोरङको पथरी, कानेपोखरी र भाउन्ने चोकमा नियमित विक्रीका लागि राखिने निगुरो खरीद गरी लान्छन । पौष्टिक सागको रुपमा भान्सामा प्रयोग गरिने निगुरो २० रुपैयाँदेखि ३० रुपैयाँ मुठासम्म बिक्री हुँदै आएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments