तिलामा सिमी जोन कार्यक्रम सञ्चालन हुने,उच्चस्तरको नर्सरी निर्माण

खलङ्गा: जुम्लाको तिला गाउँपालिकामा ‘सिमी सुपर जोन कार्यक्रम’ सञ्चालन गर्न सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति, परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तर्गत सो प्रस्ताव गरेको हो ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाका अध्यक्षतामा बसेको बैठकले कृषि प्राविधिकको प्रतिवेदन अनुसार सो गाउँपालिकालाई छनोट गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले स्याउ जोन लागू हुनबाँकी पातारासी गाउँपालिका–१,२ ३ र गुठिचौरको १ र २ मा स्याउ सुपरजोन कार्यक्रम लागू गर्ने निर्णयसमेत गरिएको परियोजना इकाइ कार्यालयले जनाएको छ ।सो परियोजना यसअघि चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका अन्य वडामा काम भइरहेको स्याउ सुपरजोन कार्यालयका प्रमुख गङ्गा पोख्रेलले जानकारी दिनुभयो ।

यस अघि सुपरजोनले सिञ्जा क्षेत्रमा स्याउ सुपरजोनमा काम गर्न सिफारिस गरिको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम भइरहेको र स्थानीयवासी तथा सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको जनाइएको छ । सिफारिस गरिएका कार्यक्रम स्वीकृत भने केन्द्रले गर्ने कार्यालयको भनाइ छ । बैठकमा जिसस उपप्रमुख बुढाले कृषि क्षेत्रमा अब्बल बनाउन सुपरजोन कार्यक्रम प्रभावकारी हँुदै आएकाले तिला गाउँपालिका दलहन जोनका लागि सिफारिस भएकामा थप राम्रो भएको बताउनुभयो ।

लामो समयदेखि क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय वृहत चक्लाबन्दी बगैँचा घेरवार सिँचाइ, स्याउ कार्टन उपलब्ध गराउने काम गर्दै आएको छ । क्षेत्र नम्बर (ख) मा भने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा माग हँुदै आएको छ । क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । जिल्ला परियोजना समितिले तिलामा सिमी जोन र अन्य तीन गाउँपालिकामा स्याउ कार्यक्रमका लागि सिफारिस गरेको छ ।

नर्सरी निर्माण

यहाँको तिला – ७ तुही गाउँमा २८ लाख को उच्चस्तरको नर्सरी निर्माण भएको छ । विभिन्न प्रजातिका बिरुवा उत्पादन गर्ने उद्देश्यले नर्सरी निर्माण गरिएको हो । वन मन्त्रालय, अनुकूलन कोष, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेश नेपालको साझेदारीमा सञ्चालित क्याप्स कर्णाली परियोजना अन्तर्गत नर्सरी निर्माण गरिएको हो ।

निर्माण गरिएको नर्सरीमा डालेघाँस, बकाइनो, निवारो, खनिउ, पालमोनिया, किम्बो र बुद्धचित्रका बिरुवा उमारिएको छ । नर्सरीमा उत्पादन गरिएको बिरुवा खाली रहेको वनमा वृक्षरोपण गरिने छ । जलवायु परिवर्तनले पारेको असरलाई कम गर्दै स्थानीय बासिलाई अनुकूलन गराउनको लागि नर्सरी निर्माण गरिएको सो सस्थाले जनाएको छ । नर्सरीमा उत्पादन गरिएका बिरुवा तुहि गाउँका नागरिकलाई निःशुल्क उपलब्ध गराइने प्राविधिक विष्णुप्रसाद लुइँटेलले बताउनुभयो ।

नर्सरीमा जडीबुटी अन्तर्गत अतिश र टिमुरका बिरुवा पनि राखिएको भएको छ । ग्रामीण भेगका स्थानीयवासीकोे जीवनस्तर नर्सरीले केही राहत हुने वडाध्यक्ष हस्त बुढाले बताउनुभयो । माझपातल सामुदायिक वनमा तीन हजार र तातोपानी गाउँपालिको सर्मिमा चार हजार ६०० डाले घाँससहित रुख प्रजातिका बिरुवा रोपिएको जनाइएको छ । यसले जलवायु परिवर्तन, अनुकूलन र जीविकोपार्जनमा सहयोग गर्ने सामुदायिक वनका अध्यक्ष मुनिलाल बुढाले जानकारी दिनुभयो ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments