संकटमा किसान : केरा खेतीमा डढुवा ,खपटे घुन र गबारोको प्रकोप

म्याग्दी : म्याग्दीमा व्यवसायिक रुपमा लगाइएको केरा खेतीमा रोगको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका सहित खबरा, बगरफाँट, मंगला र मालिका गाउँपालिकाको केरा खेतीमा प्रकोप देखिएको हो ।

केरामा डढुवा, गबारो र खपटे घुन नामक किरा देखिएको छ भने रोगको औषधी नपाएको गुनासो कृषकले गरेका छन् । रोगले केराको बोट सुक्ने, पहेँलो हुने, बोट ढल्ने भएपछि किसान संकटमा परेका छन् ।

सुरुमा सामान्य जस्तो लागेपनि अहिले सयौं रोपनीको केरा खेतीमा ठूलो क्षति पु¥याएको किसानले बताएका छन् । म्याग्दीमा नङ्ग्रे, मालुङ्गे, धुर्से जस्ता केराको उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments