तरकारी तथा फलफूलको आजको मूल्य : ब्रोकाउली प्रतिकेजी २७५, टाटे सिमी १५५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ८५, अनारको प्रतिकेजी मूल्य २६५, अम्बा प्रतिकेजी ६५,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ६५ रुपैयाँ,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ५५ रुपैयाँ, कुरीलो प्रतिकेजी १०५० रुपैयाँ ,कागती प्रतिकेजी १९० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी ६५० केरा प्रतिदर्जन ११५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, च्याउ डल्ले ४२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी