चाडवाडमा चिनीको मुल्य बढ्ने

काठमाडौं : अर्थ मन्त्रालयले चालु वर्षमा चिनी आयातका लागि सरकारी संस्थान साल्ट्र टे«डिङ कर्पाेरेसनलाई भन्सार छुट नदिने भएको छ ।

विगतका वर्षदेखि मूल्य वृद्धि गरी उपभोक्ता ठगिन सक्ने भन्दै भन्सार छुटमा सरकारी संस्थान साल्ट्र टेडिङलाई चिनी आयात गर्न दिँदै आएकोमा यो वर्ष भन्सार छुट नदिने भएको हो ।

भन्सार छुटमा चिनी आयात गर्न नदिँदा चाडपर्वको बेला बजारमा चिनीमा अस्वभाविक मूल्य बढ्ने सम्भावना छ । चाडपर्वको बेला बजारमा चिनीको खपत बढी हुने भई व्यवसायीले अस्वाभाविक मूल्य वृद्धि गर्ने भन्दै यसअघि ५० प्रतिशत भन्सार छुट दिने गरिएको छ ।

कर्पाेरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ महिनाअघि नै अर्थ मन्त्रालयलाई प्रस्ताव पेश गरेको थियो । तर अर्थ मन्त्रालयले अझै स्वीकृति दिएको छैन । बजार मूल्य हस्तक्षेप गर्नका लागि भन्सार छुटमा चिनी आयात गर्नका लागि पटक पटक प्रस्ताव पेश गरे पनि स्वीकृति नदिएको वाणिज्य मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments