झारा टार्ने सरकारी सहुलियत पसल !

काठमाडौँ: सर्वसाधारणले चाडपर्वमा विशेष छुट पाऊन् भनेर सरकारले शुक्रबारदेखि सहुलियतपसल सुरु गरेको छ । तर करिब तीन करोड जनताका लागि जम्मा ८४ आउटलेटमा सहुलियतका सामान राखिएको छ ।

खाद्य व्यवस्था तथ व्यापार कम्पनीले ३९ जिल्लाका ४३ आउटलेट, साल्ट ट्रेडिङ कर्पोरेसनले ३२ आउटलेट र दुग्ध विकास संस्थानले ९ आउटलेटबाट आफ्ना सामानमा छुट दिएका छन् । छुटमा बिक्री हुने केही खाद्यान्नको मौज्दात हेर्दा सहुलियत पसल औपचारिकतामा मात्रै सीमित देखिन्छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने घोषणा गरे पनि मौज्दातको अवस्था दयनीय छ । साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीका अनुसार सरकारी चिनीसम्म दसैंलाई मात्रै पुर्‍याउन सकिन्छ । ‘करिब ३ सय टन मात्रै मौज्दात छ । त्यसैले आउटलेटमा किन्न आउनेलाई दुई किलो मात्र दिने निर्णय गरेका छौं,’ उनले भने ।

चिनीको खपत दसैंभन्दा पनि तिहार र छठमा बढी हुने गर्छ । तर तिहार र छठका लागि चिनीको मौज्दात रित्तिँदै छ । साल्टको चिनी ७९ रुपैयाँमा बिक्री भइरहेको छ । उक्त मूल्य चाडबाड ९सहुलियत पसलरछुट० अघिकै हो । बजारको तुलनामा मूल्य धेरै सस्तो भएकाले छुट दिइएको छैन ।

‘साल्टले बिक्री गर्ने चिनीको गुणस्तर उच्च छ । सोही गुणस्तरको चिनी भाटभटेनीमा १ सय ५० रुपैयाँ पर्छ । सामान्य चिनीको मूल्य बजारमा ९५ रुपैयाँसम्म चलेको छ,’ राजभण्डारीले भने, ‘तर साल्टले उच्च गुणस्तरको चिनी ७९ रुपैयाँमै बेचिरहेको छ ।’ साल्टले उपत्यकामा ६ वटा आउटलेट र ३ वटा घुम्ती सेवा सञ्चालन गरिरहेको छ । त्यहाँबाट नुन प्रतिकिलो १८ रुपैयाँमा बिक्री गरिँदै छ । यसबाहेक दाल, चामल, तेललगायत पनि बजार भाउभन्दा सस्तोमा बिक्री गरिने राजभण्डारीले जानकारी दिए । ‘अन्य खाद्य वस्तु पनि खाद्यान्नअनुसार बजार भाउभन्दा ५र१० रुपैयाँ सस्तोमा दिन्छौं,’ उनले भने ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments