अरसा खानु भएको छ ? यस्तो छ बनाउने सजिलो तरिका

आवश्यक सामग्री : चामल भिजाएर खलमा कुटेको पिठो दुई कचौरा, मह एक कचौरा, घिउ एक कचौरा तार्नको लागि थप घिउ

बनाउने तरिका :सबैभन्दा पहिले घिउलाई बेस्सरी फिट्ने । यसरी फिटेको घिउमा मह हालेर फेरि फिट्ने । यस्तो घिऊ र महको मिश्रणमा चामलको पिठो हालेर फिट्ने र आठ, दस घण्टा त्यसै राख्ने । अब एउटा कराहीमा घिउ तताउने यो रोटी पकाउँदा मालपुवा जसरी नै कराहीमा हाल्नुपर्छ ।

तर यसको तेल झारी राख्ने र घिउमा हाल्ने बित्तिकै माथि निकाल्ने यसरी निकाले पछि यो पाकेको हुँदैन त्यसकारण तातो तातो घिउमाथिबाट नपाक्दासम्म हाल्दै जाने यो रोटी पकाउँदा एकदम सावधानी अपनाउनु पर्छ । धेरै आगो पनि हुनुहुँदैन नत्र यो फुटेर जान्छ ।

पाकेको रोटीलाई निकाल्ने र विस्तारै राख्ने । निकाल्दा यो पनि अनरसा जस्तै नरम हुन्छ तर राखेको केहीबरेमा कडा भएर जान्छ ।

‘सजिलो कुकिङ’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments