दही चिउरा सक्खरसहितको प्रसाद खाएर जितिया पर्वको आज समापन गर्दै

जनकपुर : मिथिलाञ्चललगायत तराई क्षेत्रमा मनाइने जितिया पर्व आजबाट समापन हुँदै छ । तीन दिन चल्ने पर्वका क्रममा आज साँझ महिला बर्तालुले ओंगठन अर्थात दही चिउरा सक्खर सहितको प्रसाद खाएर वर्त समापन गर्ने छन् ।

वर्त समापनपछि महिलाहरुले पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने गर्दछन् । पारिवारिक सुख, शान्ति र सन्तानको दिर्घायूको कामना गर्दै विवाहिता महिलाले यो पर्व मनाउने गर्दछन् । तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा जितिया पर्व मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments