अर्थोडक्स चिया : गुणस्तरीय तथा अर्गानिक चियाको माग बढ्दै

तेह्रथुम : तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ । गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुन थालेको छ ।

व्यावसायिक रुपमा चिया खेती गर्दै आएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक वीरबहादुर बस्नेतले बताए ।

यहाँ उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट ‘टी’, गोल्डेन ‘टी’, ब्ल्याक ‘टी’ लगायतका तयारी चियाले बजार पाउन थालेको छ । चियाखेतीबाट आम्दानी लिन नसकेपछि निराश बन्दै आएका कृषकले पछिल्लो समय मनग्य आम्दानी लिन थालेका छन् । यहाँ उत्पादन भएको तयारी चिया अहिले नेपालको काठमाडौलगायत पूर्वी तराइका बजारमा बिक्री हुँदै आएको छ ।

प्रशोधन केन्द्रको अभावमा बगानमै खेर गइरहेको हरियो मुना विगत पाँच वर्षदेखि लालीगुराँस नगरपालिका– ९ सोल्मामा स्थापना भएको अर्गानिक चिया प्रशोधन केन्द्रबाटै तयारी हुन थालेपछि आम्दानी लिन थालेका हुन् । स्वाद र स्वास्थ्यका लागि अति नै उपयुक्त मानिएका अर्गानिक चिया उत्पादन हुन थालेपछि चिया ग्राहकलाई पनि फाइदा हुने गरेको छ । सिटीसी चिया मात्र प्रयोग गर्दै आएकामा यतिबेला अर्थोडक्स चिया पिउनेको संख्या दिनप्रदिन बढ्दै गएको छ ।

कृषकले उत्पादन गरेको हरियो मुना अहिले प्रतिकिलो ६५ देखि ५ सय रुपैयाँमा प्रशोधन केन्द्रले खरिद गरी तयारी चिया उत्पादन गर्दै आएको छ । सुरुका दिनमा आम्दानी लिन नसक्दा लगानी खेर गएको थियो । अहिले पर्याप्त आम्दानी हुन थालेपछि कृषक चियाखेतीतर्फ आकर्षित भएका छन् । उत्पादनसँगै बजारीकरणमा ध्यान दिन सके कृषकको आर्थिक अवस्थामा सुधार आउने देखिन्छ ।

जिल्लामा उत्पादन भएको चियाले बजार पाए पनि दक्ष कामदार नहुँदा ग्राहकको माग पु¥याउन समस्या भएको छ । दक्ष कामदारको अभावले पर्याप्त चिया उत्पादन गर्न नसकिएको कुलकुले चिया सहकारी संस्थाका अध्यक्ष विष्णुुकुमार सिंहले बताए । जिल्लामा तीन हजार ८०० रोपनी क्षेत्रफलमा चिया खेती हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments