किन खाने कालो अंगुर ? यस्ता छन् फाइदा हेरौ :

अंगुर एक प्रकारको फल हो । जुन हामी सबैले खाएकै नै छौ । अंगुर कालो र हरियो दुई रङमा पाइन्छ । अंगुर खादा गुलियो हुन्छ तर यसमा चिनीको मात्रा हुँदैन ।

अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् ।

झट्ट हेर्दा जामुन जस्तो देखिने कालो अंगुरको स्वाद निकै मिठो हुन्छ । बजारमा पाइने अर्को अंगुर भन्दा केहि फरक स्वादको हुने कालो अंगुरको सेवन निकै लाभदायी हुन्छ ।आज हामी कालो अंगुर खाँदा हुने फाइदाको बारेमा केहि जानकारी दिनेछौ ।

– हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाई पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुहोस् ।

– माइग्रेन कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अंगुरको सेवन गर्नु भएमा पीडा हराउँदछ ।

– रक्ताल्पता शरीरमा रगतको कमी हुँदा कमजोरी महशुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।

– क्यान्सर अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।

– अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ । रक्तस्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुअहोस् ।

– यस अलावा कालो अंगुरको नियमित सेवनले यसमा पाइने ग्लुकोजको मात्राले शरीरलाई स्फूर्ति जगाउने, पाचन संयन्त्र, साथै आँखा, कपाल र छालाको सौन्दर्यमा सहयोग गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments