मुगुमा स्याउ उत्पादन घट्यो

असोज – मुगुमा आर्थिक वर्ष २०७४–०७५ भन्दा आर्थिक वर्ष २०७५–०७६ मा स्याउ उत्पादनमा कमि आएको छ। अघिल्लो वर्ष १५ मेट्रिक टन स्याउ उत्पादन भएपनि ४ मेट्रिक टन मात्र निर्यात भएको थियो भने यो वर्ष गएको आर्थिक वर्षभन्दा ७० प्रतिशतले स्याउको उत्पादनमा ह्रास आएको छ।

स्याउको फूल फुल्ने समयमा असिना पानीले फूल झारेपछि स्याउको उत्पादनमा कमि आएको हो। ४ हजारभन्दा बढी स्याउ प्याकेजीङ्ग गर्नको लागि कार्टुनको ब्यवस्था गरिएको भएपनि सडक बन्द हुँदा कार्टुनबीच बाटोमा नै रहेको छायानाथ रारा नगरपालिकाका कृषि शाखा प्रमुख केबी रोकायाले जानकारी दिए। अहिले सडक यातायात सुचारु भइसकेकाले अबको एक हप्ता भित्र स्याउ राख्नका लागि स्याउ कृषकले कार्टुन पाउने रोकायाको भनाई छ।

उत्पादन भएको स्याउलाई बिक्रीको लागि सुरक्षित रुपमा नेपालगञ्ज, सुर्खेत र काठमाडौंसम्म लैजान कार्टुन बिगतका वर्षहरूमा जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराउदै आएको थियो। यो वर्ष छायानाथ रारा नगरपालिकाले अहिलेसम्म कार्टुन उपलब्ध नगराएको स्याउ कृषकको भनाई रहेको छ। उत्पादन भएको स्याउबाट बाल बच्चालाई पढाई खर्च र घर खर्च चलाउदै आएको र स्याउबाट गत वर्ष ५०–६० हजार आम्दानी भएपनि यो वर्ष २–४ हजार रुपैयाँ आम्दानी गर्न समेत गाह्रो भएको छायानाथ रारा नगरपालिका ५ कार्कीबाडा बस्ने जगमाया भामले बताइन।

जिल्लाका स्याउ पकेट क्षेत्र घोषणा गरिएका ताल्चा, कार्कीबाडा, वाम, सोरुकोट, खमाले, जिउका कोटीला लगायतका ठाउँमा जताततै लटरम्म भुइनै छुने गरी स्याउ उत्पादन हुने भएपनि यो वर्ष स्याउको उत्पादनमा निकै कमि आएपछि कृषकहरू मर्कामा परेका छन्। हिजो आज गमगढी बजारमा प्रति दाना स्याउको मूल्य १० देखि १५ रुपैयाँसम्म छ। स्याउ टिपेपनि सुरक्षित भण्डारणको व्यवस्था नहुँदा कृषकले सस्तो मुल्यमा स्याउ बिक्री गरिरहेका छन्।

सदरमुकाम आसपासका कार्कीवाडा, रुगा, रोवा, पिना गाविसमा उत्पादन भएको स्याउ सदरमुकाम र नेपालगञ्जतर्फ खपत हुने भएपनि सदरमुकाम बाहिरका माँग्री, जिमा, रारा, खमाले, सुकाढिक, कालै लगायतका गाविसमा फलेको स्याउ यातायात र भौगोलिक विकटताका कारण खेर जाने गरेको छ।

जिल्लामा १ हजार ७५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको साबिकको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लाभरमा २ हजार ९ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष १ हजार ९ सय ९० मेट्रिक टन उत्पादन भएको अनुमान छ। जिल्लामा उत्पादन भएको स्याउ सुरक्षित राख्न विभिन्न स्थानमा भण्डार घर निर्माण गर्ने आगामी लक्ष्य रहेको कार्यालयले जनाएको छ।

nagariknews.nagariknetwork.com

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments