आजको मौसम: देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौँ: आज पनि देशका विभिन्न भागमा वर्षा हुने भएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ ।

मौसमविद् सजना शाक्यका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको शाक्यले जानकारी दिइन् ।

‘काठमाडौँमा आज पनि मौसममा बदली हुने छ । पानी पर्ने सम्भावना रहेको छ,’ उनले भनिन्, ‘तर, उपत्यकाभरी सबैतिर पानी पर्छ भन्ने छैन । केही स्थानमा मात्रै पानी पर्न सक्छ ।’

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, वाग्मती र प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शाक्यको भनाइ छ ।

वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेकोले कृषिजन्य कार्य र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद् शाक्यको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments