कालो सुन :अलैँचीले भाउ पाउन थालेपछि कृषकहरु हर्षित ,प्रतिमन ५० हजार

पाँचथर : कालो सुनको रुपले परिचित पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैँचीले भाउ पाउन थालेपछि कृषकहरु हर्षित भएका छन् ।

दुई महिना अघिसम्म प्रतिमन ३० हजार रुपैयाँका दरले विक्री हुँदै आएको अलैँचीको भाउ अहिले प्रतिमन ५० हजार पुगेपछि कृषकहरु हर्षित भएका हुन् ।

उत्पादनमा कमी आएसँगै अलैचीको भाउ बढेको हुन सक्ने नेपाल अलैँची ब्यवसायी महासंघ पाँचथरका अध्यक्ष खेम अधिकारीले बताउनुभयो ।

अहिले अलैँची टिप्ने, भट्टी लगाउने र विक्री गर्ने समय हो । पूर्वी पहाडका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङखुवासभा लगायतका जिल्लाहरुमा अलैँची खेती हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments