सजग बनौ : नेपालमा पनि फेला पर्‍यो ‘ओमिक्रोन’

काठमाडौं: नेपालमा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्रा डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । सोमबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त ओमिक्रोन पुष्टि भएको जनाकारी दिएको हो ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

दुवै जना कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ ।

उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments