चिया कटिङ सिजन सुरु भएसँगै कृषकलाई आधारभूत तालिम

इलाम : चिया तथा कफी विकास बोर्डले इलामका चिया किसानलाई चिया काट्न सिकाउने भएको छ । चिया कटिङ सिजन सुरु भएसँगै चिया किसानलाई चिया काट्ने प्रयोगात्मक तालिम दिइने भएको हो ।

चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले कागजी प्रक्रियामा काम देखाएर चियाको विकास नहुने भन्दै प्रयोगात्मक रुपबाटै अघि बढ्न तालिम आवश्यकता रहेको बताउनु भएको छ ।

चियाको गुणस्तरको विकास गर्न र बजारीकरणको समस्या अन्त्य गर्न पहिले चियामा शुद्घिकरण गर्न आवश्यक रहेको भन्दै बोर्डले पहिलो चरणमा जिल्लाका २८ सयभन्दा बढी कृषकलाई तालिम दिन लागेको जनाएको छ ।

पुस २ गतेबाट जिल्लाका ११ ठाउँमा हुने तालिममा १५ देखि ३० जनाको समूह बनाएर तालिम आयोजन गर्ने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments