सहुलियतपूर्ण कृषि ऋण लिने बढे, चार महिनामा १ खर्ब ३० अर्ब वितरण

काठमाडौं : सहुलियतपूर्ण कर्जाअन्तर्गत कृषिका लागि ऋण लिनेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

योसँगै कर्जा भुक्तानी नगर्ने ऋणीको संख्या पनि बढेको छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि सरकारले कृषिमा सहुलियतपूर्ण कर्जा लगानी गर्दै आएको छ

चालू आर्थिक वर्षको पहिलो चार महिनामा कृषि कर्जामा १० दशमलव शून्य दुई प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा कृषि कर्जाको वृद्धिदर करिब सात प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आव २०७८÷०७९ को पहिलो चार महिनाको तथ्याङ्कमा एक खर्ब ३० अर्ब २३ करोड सहुलियतपूर्ण कृषि कर्जा वितरण भएको उल्लेख छ । उक्त कर्जा ५५ हजार १ सय १६ व्यक्तिले प्राप्त गरेका हुन् ।

२०७८ कात्तिक मसान्तसम्म एक लाख ३३ हजार ९ सय ३० ऋणीलाई सहुलियतपूर्ण कर्जा लगानी भई दुई खर्ब पाँच अर्ब दुई करोड कर्जा बक्यौतामध्ये झण्डै आधा रकम कृषि क्षेत्रमा बक्यौता रहेको अनुमान छ ।

कृषि, पशुपालन तथा मत्स्यपालनका लागि किसानसँग वाणिज्य बैंकले १० प्रतिशत भन्दाबढी ब्याज लिन नपाउने मौद्रिक नीतिमा उल्लेख छ ।

यसका साथै बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले यस प्रकारको कर्जा निवेदन प्राप्त भएको सात दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा ग्राहकलाई स्पष्ट जानकारी दिनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments