हलुवाबेद फलको महत्त्व : सल्यानमा हलुवाबेद कार्यक्रम सञ्चालन

सल्यान : सल्यानमा व्यावसायिक रूपमा बिक्री गर्न हलुवाबेद कार्यक्रम सञ्चालन गरिएको छ । हलुवाबेद फलको महत्त्व बुझी खोजिखोजी खान थाले पछि सल्यानमा हलुवाबेद कार्यक्रम सञ्चालन गरिएको हो ।

विगतमा व्यावसायिक रूपमा बिक्री नहुँदा प्रवर्द्धन पनि खासै भएको पाइदैन्थ्यो तर पछिल्लो समय भने शहर बजारमा माग बढ्दै जान थालेपछि कार्यक्रम सञ्चालन गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

यो फलमा ३० भन्दा ज्यादा पोषण तत्त्व पाइने हुँदा पछिल्लो समय यसको माग बढ्दै थालेको कृषि विकास कार्यालय सल्यानका ब्लक विकास अधिकृत सन्दीप लामिछानेले बताउनुभयो । शारदा नगरपालिकाको रातामाटाका हरेक घर घरमा हलुवाबेद उत्पादन हुँदै आइरहेकाले यसको खेती विस्तार गर्दै उचित व्यवस्थापन, बजारीकरणका लागि कार्यक्रम मार्फत पहल गरिने उनको भनाई छ ।

फुयु र जिरो जातका हलुवाबेदका बिरुवा कीर्तिपुरको फलफूल विकास केन्द्रबाट ल्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको उनको भनाई छ ।

हलुवाबेद मानव शरीरको लागि बुहउपयोगी पौष्टिक फलफूलमा पर्दछ । रासायनिक र औषधीय गुणका कारण अत्यन्तै महत्त्वपूर्ण मानिने भएकाले शहरमा यसको माग बढ्दै गएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments