उपत्यकालगायत तराईमा हुस्सु/कुहिरो, देशभर आंशिक बदली हुने

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । सोही कारण देशभर सामान्यतथा मौसम सफा रहने जनाइएको छ। महाशाखाका अनुसार हाल देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ। मौसम सफा रहे पनि देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments