उखु किसानको वक्यौता भुक्तानी नगर्ने उद्योगको बैंक खाता र जग्गा रोक्का गर्न निर्देशन

काठमाडौं: उखुको भुक्तानी तत्काल दिनमा लागि विभिन्न ५ उखु उद्योगको बैंक खाता र जग्गा कारोबार रोक्काका लागि पत्राचार भएको छ ।

सार्वजनिक लेखा समितिको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले उखुको भुक्तानी नदिने श्रीराम, इन्दिरा, हिमालयन, अन्नपूर्ण र लुम्बिनीको बैंक खाता र जग्गा रोक्नका लागि पत्राचार गरिएको बतानुभएको हो ।

हाल देशैभरी रहेका २९ वटा चिनी मिलमध्ये ८ वटा सञ्चालमा छन् भने ५ वटाले किसानको ८ करोड ७० लाख भुक्तानी दिन बाँकी छ । समयमै भुक्तानी नदिने यी कम्पनीको बैंक खाता रोक्नका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्थ मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई पचात्रार गरिएको सचिव भट्टराईले बताउनुभयो ।

उखु किसानलाई समयमै भुक्तानी उपलब्ध गराउनका लागि मन्त्रालयले उखु उत्पादकलाई पटक पटक अनुरोध गरीरहेको सचिव भट्टराईले बताउनुभयो ।

राजस्व सचिव कृष्णहरि पुस्करले किसानलाई सरकारले दिने अनुदान कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत कृषककै खातामा जाने व्यवस्था मिलाइएको बताउनुभयो । उखुमा लागेको भ्याट न्यूनिकरणका लागि छलफल हुँदै आएपनि हुन नसकेको भन्दै उखु किसानसँग सम्बन्धित समस्या समाधानका लागि मन्त्रालय तत्पर रहेको बताउनुभयो ।

समिति बैठकमै कृषी सचिव गोविन्द शर्माले ९९ प्रतिशत कृषकलाई अनुदान बापतको रकम वितरण गरिसकेको जानकारी दिँदै उखुको समर्थन मुल्य छिट्टै तोकिने जानकारी दिनुभयो । लेखा समिति बैठकमा सांसदहरुले उखु किसानको भुक्तानी समयमै उपलब्ध गराउनका लागि सहजीकरण गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments