दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ बनाउन सिफारिस

काठमाडौँ : राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपियाँ कामय गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।

बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपियाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ रुपियाँ बनाउन सिफारिस गरिएको हो ।

बोर्डले सिफारिस गरेको मूल्यमा कृषि मन्त्रालयले सरोकारवालाहरूलाई राखेर छलफल गर्छ त्यसपछि मात्र नयाँ मूल्य घोषणा हुनेछ ।

हालको उपभोक्ता मूल्य ७६ रुपियाँ प्रति लिटरममा १० रुपियाँ बढाई त्यसको ७० प्रतिशतले हुन आउने सात रुपियाँ प्रति लिटर कृषकलाई र ३० प्रतिशतले हुन आउने तीन रुपियाँ प्रति लिटर उद्योगीलाई जाने गरी वृद्धि गर्नुपर्ने अध्ययन समितिको सिफारिस छ ।

विगत दुई वर्षमा गाई भैँसी खरिद मूल्यमा करिब ४० प्रतिशत, पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९ प्रतिशत, विदेशी विनिमय दर (डलर) सात प्रतिशत, श्रमिकको पारिश्रमिक १०.३३ प्रतिशत, बैङ्कको व्याजदर ३.३ प्रतिशत र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले वृद्धि भएको कारणले दूधको मूल्यमा वृद्धि गरेको सिफारिस समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments