कोभिड–१९ तेस्रो लहरको प्रभाव: गोरु जुधाई मेला स्थगित

रसुवा : रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तीर्थस्थल वेत्रावतीमा माघे संक्रान्ति पर्वका दिन मनाइने साँस्कृतिक पर्व मेला गोरु जुधाई कोभिड– १९का कारण नहुने भएको छ ।

पछिल्लो समय कोभिड–१९ को तेस्रो लहरको प्रभाव गाँउ बस्तीमा पनि पुग्न सक्ने भन्दै रसुवा र नुवाकोटको जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला भई कुनै पनि काम नगर्न नगराउन दिएको आदेश अनुसार साँस्कृतिक पर्व मेला गोरु जुधाई स्थगित भएको आयोजक गोसाइँकुण्ड युवा क्लब रसुवाले जनाएको छ ।

वि.सं. १८४९ असोज १७ गते नेपाल र चीनबीच वेत्रावतीमा भएको सन्धीको खुशियालीमा केही दशक अघिबाट प्रत्येक वर्ष मकर संक्रान्तिका दिन हजारौं दर्शकहरुको उपस्थितिमा कृषकहरुले पालेका दश हलसम्म गोरु जुधाउने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments