मकालुमा भिरबाट लडेर एक भेडा गोठालाको मृत्यु

खाँदबारी: सङ्खुवासभाको मकालु गाउँपालिका–४ मा भिरबाट लडेर एक भेडा गोठालोको मृत्यु भएको छ । मृत्यु हुनेमा भोटखोला गाउँपालिका–५ तुङ्खालिङका ५२ वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

भेडा चराउन गएका राईको मकालु–४ पावाखोला निवारे भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । भेडा चराउन गएका राई मङ्गलबारदेखि फर्केर नआएपछि खोजी गर्दा बुधबार पावाखोला निवारेमा भिरबाट लडेर मृत अवस्थामा स्थानीयवासीले फेला परेको थिए ।

मृतक राई केही महिना यता मकालु–४ बैदेका गङ्गाबहादुर गुरुङको भेडी गोठामा काम गर्दै आएका थिए । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट नौ घण्टाको पदैल दूरीमा पर्दछ । घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय हेदाङनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments