लिसङ्खुपाखरका ६६ किसानलाई हाते ट्र्याक्टर

सिन्धुपाल्चोक: लिसङ्खुपाखर गाउँपालिकाले किसानलाई ६६ वटा हाते ट्र्याक्टर वितरण गरेको छ ।

गाउँपालिका कृषि शाखाले शुक्रबार गाउँपालिकाका अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी उक्त हातेट्र्याक्टर वितरण गरेको हो । ४३ वटा नौ एचपी र २३ वटा ७.५ एचपीको गरी ६६ वटा ट्र्याक्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो । नौ एचपीको ४४७०० र ७.५ को ३९००० को दरमा ठेक्कामार्फत खरिद गरिएको दुलालले जानकारी दिनुभयो ।

ट्र्याक्टरमा पालिका अनुदान ७० प्रतिशत र समूह, सहकारी तथा व्यक्तिगतरूपमा किसानलाई ३० प्रतिशत सहभागिता गराइएको थियो । किसानको मागका आधारमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष नेपालले जानकारी दिनुभयो । यसैगरी गाउँपालिकाले फलफूलको बिरुवा माटो परीक्षण गरेर वितरण गर्दै आइरहेको थियो छ । किसानहरूलाई विविध खाले कृषि अनुदानसमेत प्रदान गर्दै आएको छ ।

स्थानीय सरकार आएपछि किसानलाई राहत मिलेको कृषक भक्तलाल श्रेष्ठ बताउनुहुन्छ । उहाँले अब खेती गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । ट्र्याक्टर वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हेमगङ्गा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, जनप्रतिनिधि र किसानको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments