बजारमा कुरिलोको मूल्य फरकफरक: भाउ किलोकै ४ हजार देखि ९ हजारसम्म

काठमाडौँ : बेमौसमी तरकारी कुरिलो किलोकै २५ सयदेखि ९ हजारसम्म पुगेको छ । बजारमा कुरिलोको मूल्य फरकफरक छ– कतै २५ सय रुपैयाँ किलो त कतै ९ हजारसम्म । बेमौसममा माग बढेकाले महँगो भएको व्यवसायी बताउँछन् । सिजनमा कुरिलो खुद्रा पसलेदखि डिपार्टमेन्टल स्टोरसम्म पाइन्छ । बेमौसम भएकाले पनि यतिबेला जहाँतहीं पाइँदैन ।

कालीमाटी तरकारी बजारस्थित खुद्रा पसलमा कुरिलो किलोकै २५ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ । बल्खु तरकारी बजारमा किलोको ८ हजार रुपैयाँ पर्छ । महँगो भएपछि अर्डरअनुसार मात्र कुरिलो ल्याउने गरिएको बल्खु तरकारी बजारकी एक व्यापारीले बताइन् । ‘महँगो छ, सजिलै बेच्न सकिँदैन, त्यसैले अर्डरअनुसार मात्र ल्याउँछौं,’ उनले भनिन्, ‘मैले ल्याउने ठाउँमा ८ हजार रुपैयाँ किलो छ, अफ सिजनको कुरिलो अरू देशकै हो ।’

कोरोना सङ्क्रमितले कुरिलो माग गर्ने भएकाले अहिले माग बढेको तर कुरिलोको अफसिजन भएकाले अभाव छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन अपडेट गर्ने मूल्य सूचीमा कुरिलोको मूल्य अपडेट छैन । बजारमा मूल्य बढेपछि व्यापारीले ‘दुई–चार मुठा ल्याएर बेच्ने, ठूलो परिमाणमा बिक्री वितरण नगर्ने भएकाले अपडेट नगरिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो । अहिले बजारमा आएको कुरिलो स्थानीय उत्पादन नभएकाले मूल्य बढेको हुनसक्ने श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘व्यापारीले भारत र थाइल्यान्ड लगायतका देशबाट ल्याएर बेच्ने गरेका छन् ।’ राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार नेपालमा वार्षिक ११ लाख ५२ हजार किलो कुरिलो उत्पादन हुने गरेको छ ।

भोजपुर, खोटाङ, ओखलढुङ्गा, झापा, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाण्डौ, नुवाकोट, धादिङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, नवलपुर, दाङ, बाँके, बर्दिया, गुल्मी, नवलपरासी, प्युठान, जाजरकोट लगायत कर्णालीको केही क्षेत्रसमेत कुरिलो उत्पादन हुने गरेको छ ।तीमध्ये सबैजसो स्थानीय बजारमा खपत हुन्छ भने उपत्यकाबाट नजिक रहेका जिल्लाको उत्पादन कालीमाटी बजार आइपुग्ने गरेको व्यापारीहरुको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments