जैविक विषादी प्रयोगमा किसानको आकर्षण

सल्यान : सल्यानमा रासायनिक मलले माटोको उर्वराशक्ति ह्रास गर्दै गएपछि किसानहरू जैविक मल तिर आकर्षित हुन थालेका छन् । गाउँघरमै पाइने वनस्पतिबाट खेतबारीमा लाग्ने रोग किरा मार्न सकिने भएकाले जिल्लाका धेरै गाउँमा जैविक मल बनाउन किसानहरूको आकर्षण बढेको हो ।

रासायनिक विषादीहरूले सुरुका केही वर्षहरूमा उत्पादन बढाए पनि बिस्तारै माटोको उर्वरा शक्ति हराउने र माटोको अम्लीयपन बढ्न थालेपछि आफूहरू रासायनिक मल छोडेर घरायसी रुपमा बनेको जैविक झोलमल र गोठेमललाई जोड दिइरहेको शारदा नगरपालिका–१५ स्यालघारीका देवेन्द्र हमालले बताउनुभयो ।

चार रोपनीमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका हमाले रासायनिक मल एकै पटक छोड्दा उत्पादन घट्ने भएकाले रासायनिक र जैविक तथा गोठेमललाई बढाउँदै लगेको बताउनुभयो । उहाँले भन्नुभयो ‘रासायनिक मललाई बिस्तारै घटाएर गोठेमल र जैविक मल बढाउँदै लगेको छु । यसले उत्पादनमा कमी पनि आएको छैन भने अर्को तिर माटोको पनि सुधार भइरहेको छ ।’

जैविक मल बनाउँदा कम खर्च लाग्ने र यसको प्रयोगबाट कुनै हानी नहुने भएपछि जैविक मल प्रयोग गर्दै आएको कपुरकोट गाउँपालिका–५ का होम बहादुर खड्काले बताउनुभयो । जैविक विषादी बनाउन कम खर्च लाग्ने र प्रयोगबाट पनि कुनै हानी नहुने बुझेपछि गाउँका सबै किसानहरू जैविक विषादी तिर आकर्षित हुँदै आइरहेको उहाँको भनाई छ ।

जैविक विषादी प्रयोग गर्दा केही वर्ष उत्पादन रासायनिक मल हालेको भन्दा कम भएपनि अहिले क्रमशः उत्पादनमा वृद्धि आउन थालेको रामपुर गाउँपालिका वडा न २ सिमलकुनाका किसान नारायण पंगालीले बताउनुभयो ।

रासायनिक मलको अनाधिकृत प्रयोगका कारण माटोको अम्लीयपना बढ्दै गइरहेको समयमा जैविक विषादी तथा मल प्रयोग गर्न किसानहरूलाई आग्रह गरिएको कृषि विकास कार्यालय सल्यानका अर्ग्यानिक मिसन अधिकृत प्रविन आर्चायले बताउनुभयो । रासायनिक मलको प्रयोग गर्दा उत्पादन पनि बिस्तारै घट्नुका साथै मानवीय स्वास्थ्यमा पनि असर गर्ने भएकाले हामीले जैविक विषादीको प्रयोगलाई विशेष जोड दिँदै आइरहेका छौ उहाँले भन्नुभयो । गाउँघरमै पाइने तीतेपाती, सिस्नो, असुरो, टिमुर, निम, खुर्सानी, बकाइनो लगायतका वनस्पतिबाट बनाइने भएकाले किसानहरूको आकर्षण पनि बढी रहेको बताउनुभयो ।

सरकारी तथा विभिन्न सङ्घ संस्थाले तालिम प्रदान गरेको स्थानमा, बुढाबुढीको बाहुल्यता भएको स्थान र ग्रामीण क्षेत्रमा जैविक विषादी प्रयोग हुँदै आइरहेको आचार्यको भनाई छ । उहाँले भन्नुभयो ‘रासायनिक मलको भन्दा निकै कम मूल्य रहनु, जैविक विषादी हालिएका तरकारी तथा बालीको बजारीकरणमा समस्या नहुनु र स्वास्थ्यलाई समेत निकै लाभ पुग्ने भएपछि कृषक जैविक विषादीप्रति आकर्षित भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments