‘मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन ’

काभ्रेपलाञ्चोक: बागमती प्रदेशका कृषि तथा पशुुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताउनुभएको छ ।

मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन पशु बिमा सहकारी संस्थाको १९औँ साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले सरकारले मकै रोप्ने समयमा मलको अभाव हुन नदिनेसमेत दाबी गर्नुभयो ।

“यसअघि गलत व्यवथापनले सरकारले दिएको अनुदानको सदुपयोग हुन सकेन, नेपालमै दुई लाख मेट्रिक टन क्षमताको मल कारखाना खोल्न सरकारले अध्ययन गरिरहेको छ, सबै पक्षको सहयोग हुने हो भने स्वदेशमै पनि मल कारखाना खोल्न सकिन्छ”, उहाँले भन्नुभयो ।

मन्त्री हुमागाईँले सबैखाले बिमा गर्न जनचेतनाको आवश्यकता औँल्याउँदै खोरेत रोग अन्त्यको कार्यक्रम, विज्ञहरुको सुझावमा कृषि ऐन निर्माण, किसानलाई कार्ड वितरण, सहुलियत ऋण कार्यविधि निर्माणलगायतका विषयमा प्रदेश सरकारले प्राथमिकताका साथ काम सुरु गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा ९एकीकृत सामाजवादी०का जिल्ला अध्यक्ष एवं मण्डनदेउपुर नगरका प्रमुख टोकबहादुर वाइवाले बिमा–सेवाको दायरा फराकिलो हुनुपर्ने उल्लेख गर्दै नगरका सबै वडामा पशु बिमा कार्यक्रम पु¥याउन अझै बाँकी रहेको बताउनुभयो । वडाध्यक्ष विष्णुमणि नेपाल, मण्डनदेउपुर सहकारी सङ्घका अध्यक्ष सुमन नेपाल, सहकारीविज्ञ दीपकप्रसाद पौडेललगायतले सहकारीले किसानको आर्थिकस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको धारणा राख्दै पशु बिमा कार्यक्रममा सबै किसानलाई समेट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष बलराम नेपालले संस्थाको गतिविधि तथा कोषाध्यक्ष टङ्कप्रसाद नेपालले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । विसं २०५६ देखि सुरु भएको यहाँको पशु बिमा कार्यक्रममा हाल ५९० किसान आवद्ध छन् । हाल आफ्नै भवन निर्माण गरेको संस्थाले रु दुई लाख ४० हजार नाफा गरेको छ भने एक वर्षमा रु तीन लाख ७० हजार बराबरका पशु क्षति रकम वितरण गरिसकेको छ । नगरमा १७२ सहकारी छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments