अदुवा बारीमै कुहिने अवस्थामा : भारत निर्यात हुन नसक्दा कृषकहरु निराश

पाँचथर : अदुवाले मूल्य नपाएपछि पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाका कृषक निराश बनेका छन् ।भारतमै अदुवा उत्पादन हुन थालेपछि नेपालको अदुवा भारत निर्यात हुन नसक्दा कृषकहरु निराश बनेका हुन् ।

गत वर्ष ९ सय रुपैया प्रतिमनसम्म बिक्री भएको अदुवा अहिले मुख्य सिजनमा समेत प्रति मन ५ सय रुपैयाँका दरले समेत बिक्री हुन नसकेको कृषक बताउँछन् ।विगतका वर्षहरुमा अदुवा किन्न ब्यापारीहरु घर घरमा आउने गरेपनि यस वर्ष भने व्यापारी नआउँदा अदुवा बारीमै कुहिने अवस्थामा पुगेको छ ।

नेपालमा उत्पादन हुने अदुवा ९० प्रतिशत भारत निर्यात हुने गरेको राष्ट्रिय कृषक महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले बताउनुभयो ।

पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा अदुवा ब्यवासायिक रुपमा उत्पादन हुने गरेको छ । अघिल्लो आर्थिक वर्षमा मात्रै पाँचथरमा १९ करोड ५० लाख रुपैँया अदुवा निकासीबाट भित्रिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments